शिक्षाशास्त्र सङ्कायमा सञ्चालित सेमेस्टर प्रणालीको समस्या र समाधान

Authors

  • Basudev Gautam त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ

DOI:

https://doi.org/10.3126/thj.v17i1.77928

Keywords:

उच्च शिक्षा, सेमेस्टर प्रणाली

Abstract

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायमा सञ्चालित स्नातकोत्तर तहमा हाल सेमेस्टर प्रणाली लागु भइ अध्ययन अध्यापन कार्य भइरहेको छ । नेपालमा शिक्षाको इतिहासलाई अध्ययन गर्दा यसअघि नै वि.सं. २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजनाको प्रतिवेदनले दिएको सुझावको (रा.शि. प. यो., २०२८) आधारमा उच्च शिक्षामा सेमेस्टर प्रणाली लागु भएको थियो । यो प्रणाली वि.सं.२०३८ सालमा पाठ्क्रम परिमार्जन भइ सेमेस्टर प्रणालीलाई हटाइ वार्षिक प्रणाली लागु गरियो । लामो समयपछि उच्च शिक्षालाई गुणस्तरीय बनाउनको लागि पुनः वि.सं. २०७० सालबाट स्नातकोत्तर तहमा केन्द्रीय क्याम्पस कीर्तिपुरबाट यो प्रणाली लागु गर्दै देशका अन्य क्याम्पसहरूमा लागु गरी हाल सबै क्याम्पसहरूमा पठनपाठन भइरहेको छ । केही वर्ष अगाडिदेखि यो प्रणाली लागुभए तापनि यस प्रणालीमा समस्याहरू आइरहेका छन्फलस्वरूप विद्यार्थी सङ्ख्या खस्कँदै गएको देखिन्छ । यो प्रणालीलाई प्रभावकारी रूपबाट सञ्चालन गरेर आगामी दिनहरूमा निरन्तरता दिनु प्रस्तुत अध्ययनको मुख्य प्राप्ति रहेको छ । यो अध्ययन महेन्द्ररत्न क्याम्पस ताहाचल, एम.एड. चौथो सेमेस्टरमा अध्ययनरत दस जना अनिवार्य विषयका छात्रछात्राहरूलाई विभिन्न दसओटा बहुवैकल्पिक प्रश्नहरू दिएर अध्ययन गरिएको छ । यस प्रणालीमा मूल्याङ्कन प्रक्रिया, शैक्षिक सामग्रीको प्रयोग, पाठ्भार, शैक्षिक क्यालेण्ड अनुसार पठनपाठन नहुनु, शिक्षकहरूलाई पुनर्ताजगी तालिम नहुनु जस्ता समस्याहरू स्थलगत अध्ययनबाट देखिएका छन् । यसमा यिनै समस्याहरूलाई सम्बन्धित निकायले समयमा नै समाधान गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरिएको छ । यो अध्ययन स्थलगत सर्वेक्षण विधिका आधारमा गरिएको छ र यस प्रणालीमा देखिएका समस्याहरूको पहिचान गरी समाधान गर्नु प्रस्तुत अध्ययनको मुख्य प्राप्ति रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Basudev Gautam, त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ

 नेपाली शिक्षा विभाग

Downloads

Published

2025-04-25

How to Cite

Gautam, B. (2025). शिक्षाशास्त्र सङ्कायमा सञ्चालित सेमेस्टर प्रणालीको समस्या र समाधान. Teacher Half-Yearly Journal, 17(1), 424–436. https://doi.org/10.3126/thj.v17i1.77928

Issue

Section

Research Articles