सक्षम नेतृत्व र व्यवस्थापकीय परिवर्तन
DOI:
https://doi.org/10.3126/thj.v17i1.77924Keywords:
मानवसंशाधन, नेतृत्वशैली, व्यवस्थापन, सङ्गठनAbstract
प्रस्तुत शीर्षक अन्तर्गत सक्षम नेतृत्वमा हुनुपर्ने प्रमुख सक्षमताहरूको पहिचान गरी त्यसले सङ्गठनमा ल्याउन सक्ने व्यवस्थापकीय परिवर्तनको अवस्था अनुशीलन गर्नु भन्ने दुई उद्देश्यमा केन्द्रित रही गरिएको अध्ययनबाट सङ्गठनको कुनै एक वा सोभन्दा बढी तत्वमा आउने परिवर्तन सङ्गठनात्मक परिवर्तन हो भन्ने देखिएको छ । यसमा कुनै पनि सङ्गठनमा विद्यमान वा चल्दै आएको नेतृत्व शैलीमा समयसापेक्ष परिवर्तन आउनु आवश्यक हुन्छ भन्ने कुरा अध्ययनले देखाएको छ । यसबाट व्यवस्थापन कार्यमा समसामयिक परिवर्तन भएन भने सङ्गठन वा संस्थाले गति लिन सक्दैन र यसका लागि समयसापेक्ष ढङ्गले व्यवस्थापनका सम्पूर्ण पक्षमा परिवर्तन आवश्यक हुन्छ भन्ने कुरा सिद्ध भएको छ । यसका लागि प्रत्येक सङ्घसंस्थामा परिवर्तन एक स्वाभाविक प्रक्रियामानिने र व्यवस्थापन प्रभावकारी बनाउन कुशल व्यवस्थापकसँग व्यवस्थापकीय सिप हुनु जरुरी हुने भएकाले यसका लागि भएका सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग र परिचालन गरी अपेक्षित प्रतिफल प्राप्त गर्ने क्षमता नेतृत्वमा हुनुपर्छ भन्ने यसबाट देखिएको छ । नीति नियमको राम्रो ज्ञान प्राप्त गरिसकेपछि संस्थाको उद्देश्य प्राप्तितर्फ प्रतिबद्ध हुनु आवश्यक हुन्छ । सङ्गठनात्मक परिवर्तनका विविध सिद्धान्त तथा अध्ययन र अनुसन्धानले समेत नेतृत्वलाई समयसापेक्ष परिवर्तन हुन प्रोत्साहित गर्छ । सवल नेतृत्व भयो भने मात्र संस्थालाई समयसापेक्ष सकारात्मक परिवर्तन गरी अपेक्षित उपलब्धी हासिल गर्न सकिन्छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । व्यवस्थापक आफैँं परिवर्तनको वाहक (Change Agent)भएकाले सङ्गठनको प्रभावकारिताका लागि समसामयिक परिवर्तन अति नै महत्त्वपूर्ण हुन्छ । यसर्थ यस लेखमा कुनै पनि सङ्गठनमा नेतृत्वले खेल्ने भूमिकालाई जोड दिइएको छ । यसबाट समयानुकूल व्यवस्थापकीय परिवर्तन स्वाभाविक हुन्छ भन्ने कुरा साहित्य पुनरावलोकनलाई आधार बनाई गरिएको व्याख्यात्मक समीक्षाबाट सबैमा अवगत हुने अपेक्षा गरिएको छ ।