भोजपुर जिल्लामा संस्कृति, पर्यटन र सुशासनबिचको अन्तरसम्बन्ध (Interrelationship Between Culture, Tourism and Governance in Bhojpur District)

Authors

  • पर्वतकुमार राई (Parbatkumar Rai) त्रिभुवन विश्वविद्यालय,भोजपुर बहुमुखी क्याम्पस,भोजपुर

DOI:

https://doi.org/10.3126/rupantaran.v8i01.65210

Keywords:

ब्यालेन्स्ड ग्रोथ थ्योरी (Balanced Growth Theory), किरात संस्कृति ( Kirat Culture), टिबेटो बर्मन ( Tibeto Burman), मुन्धुम पदमार्ग ( Mundhum Pathway), एकीकृत योजना ( Integrated Planning)

Abstract

कुनै नयाँ स्थानमा रहेको विशिष्ट  संस्कृति, प्रकृति, समुदाय, विज्ञान  र विकासको अनुभव लिनका लागि अन्य स्थानबाट मानिसहरूका विचरण हुने अवस्था पर्यटन हो । नेपाल र खासगरी भोजपुर जिल्लामा याहाँस्थित संस्कृति र प्रकृतिको नयाँ ज्ञान लिनका लागि देश बिदेशबाट मानिसहरू  पर्यटकका रूपमा  आगमन हुने गर्दछन् । सिलिचुङ, मैयूङ, टेम्के, सुन्तले जस्ता चुचराहरू  भोजपुरको पर्यटकीय गन्तब्यका रूपमा रहेको छ । यिनै चुचुराहरूको  यात्रा गर्ने मार्ग आज मुन्धुम पदमार्गको नामबाट चर्चित भएको छ ।  साल्पापोखरी, हाँस पोखरी लगायत पहाडका चुचराहरूमा  अवस्थित पोखरीहरू  पर्यटन प्रवर्द्धनका मुख्य क्षेत्र हो । सिद्धकाली मन्दिर गुफा, टक्सार गुफा, तिलाहार गुफा र नागछाँगा, हतुवागढी, दिंला जस्ता प्राकृतिक तथा सांस्कृतिक रूपमा  हेर्न लायकका स्थानहरू  भोजपुर जिल्लाको पर्यटन प्रवद्र्धमा ध्यान दिनु पर्ने क्षेत्रहरू हुन् । यद्यपि, पर्यटन क्षेत्र प्रवर्द्धन गर्नका लागि वस्तुगत यथार्थको जानकारी तथ्यको आधारमा लिन नसक्नु समस्याका रूपमा  विद्यमान छ । भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आवश्यकताको  खोज हुन नसक्नु यस जिल्लामा रहेको समस्या हो । भोजपुर जिल्लामा जे जस्तो अवस्थामा पर्यटन उद्योग बिद्यमान छ यसको व्यवस्थापनमा  सुशासनको अभाव खड्किएको छ । यस प्रकार मौजुदा समस्याहरू  माथि उभिएर भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आगामी आवश्यकताको खोजी  गर्दै सुशासन कायम गर्ने उपायहरूको पहिचान गर्ने मुल उद्देश्य  यस आलेखमा राखिएको छ । द्वितीय स्रोतबाट प्राप्त तथ्यहरूको अधिकतम उपयोग गरिएको छ, यद्यपि प्राथमिक स्रोतबाट प्राप्त केही तथ्यहरूलाई पनि उपयोग गरिएको छ । पब्लिकेसन म्यानुअल अफ अमेरिकन साइकोलोजिकल एसोसियसन (सातौं संस्करण) ले निर्धारण गरेको ढाँचालाई अनुसरण गरिएको यो आलेख मूलत: वर्णनात्मक ढाँचामा तयार गरिएको छ । भोजपुर जिल्लाको पर्यटकीय प्रवर्द्धनका लागि बृहद अध्ययन गर्ने र त्यसबाट प्राप्त निष्कर्ष  र सिफारिसका आधारमा एकीकृत पर्यटन प्रवर्द्धन योजना निर्माण गर्न आवश्यक छ । टोलटोलमा वजेट विनियोजन गर्ने र पर्यटन प्रवर्द्धनको नाममा गरिने मनलाग्दी खर्च पद्धतिले पर्यटन क्षेत्रमा सुशासनको धज्जी उडाएको छ । यसर्थ भोजपुर जिल्लामा एकीकृत पर्यटन प्रवर्द्धन केन्द्र निर्माण गरी एकद्वार प्रणाली लागु गर्न अनिवार्य छ ।

(Tourism is the condition when people wander from one place to new area to experience its distinct culture, nature, community, science and development. People from inside and outside of the country arrive as  tourists to learn the culture and nature of Nepal and especially Bhojpur district. Peaks such as Silichung, Maiyung, Temke, Suntale, etc. have been the attractive destination for tourists. The trail, which leads to these peaks, is popularly known as Mundhum Trail. Salpapokhari, Haanspokhari, etc. located in those peaks are major areas of tourism management. Similarly, naturally and culturally enriched places like Siddhakali temple cave, Taksar cave, Tilahar cave and Naagchhanga, Hatuwagadhi, Dingla, etc. are the places which are in dire need of tourism management. However, inability to acquire objective truth on the basis of facts for the management of tourism has been the major prevalent issue. The problem of this district is the lack of exploration on potentiality, challenges and need of tourism management of Bhojpur district. The article relies on optimum utilization of materials and data collected from secondary sources, however, facts derived from primary source is also used. Inspired by the pattern determined by Publication Manual of American Psychological Association (seventh), this article mainly is constructed upon descriptive pattern. There is a dire need of the construction of unified tourism management based on outcomes and recommendation derived from intense study for tourism management of Bhojpur district. Governance in the tourism sector is ripped off by the method of budget division in local region and rampant expenditure in the name of tourism management. Therefore, it is obligatory to formulate the single window system by establishing unified tourism management centre in Bhojpur district.)

Downloads

Download data is not yet available.
Abstract
121
PDF
87

Author Biography

पर्वतकुमार राई (Parbatkumar Rai), त्रिभुवन विश्वविद्यालय,भोजपुर बहुमुखी क्याम्पस,भोजपुर

 सहप्राध्यापक , राजनीतिशास्त्र

Downloads

Published

2024-05-02

How to Cite

राई Rai प. P. (2024). भोजपुर जिल्लामा संस्कृति, पर्यटन र सुशासनबिचको अन्तरसम्बन्ध (Interrelationship Between Culture, Tourism and Governance in Bhojpur District). Rupantaran: A Multidisciplinary Journal, 8(01), 132–151. https://doi.org/10.3126/rupantaran.v8i01.65210

Issue

Section

Articles