‘बसाइँ’ उपन्यासमा रसविधान 'Basain' Upanyasma Rasabidhan
DOI:
https://doi.org/10.3126/rupantaran.v4i1.34221Keywords:
रस सामग्री, आलम्बन विभाव, उद्दीपन विभाव, अनुभाव, व्यभिचारी भाव, स्थायी भाव, rasa samagri, Aalamban bibhav, Uddipan Bibhab, anubhab, Byabhichari bhab, Sthayi BhabAbstract
प्रस्तुत लेख ‘बसाइँ’ उपन्यासमा रहेको रसविधानको अध्ययनमा केन्द्रित रहेको छ । पूर्वीय काव्य परम्परामारसलाई महइभ्वपूर्ण काव्यतइभ्वका रूपमा हेरिएको छ । साहित्यमा रसले काव्य सौन्दर्यबाट प्राप्त आनन्दकोअनुभूतिलाई बुझाउँछ । यहाँ रस सामग्रीका आधारमा बसाइँ उपन्यासको विश्लेषण गरी उपन्यासमा रहेको अङ्गीरस र अङ्ग रसको पहिचान तथा त्यसको प्रभावको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यस लेखका लागिसामग्री सङ्कलन गर्न विशेषतः पुस्तकालयीय विधिको प्रयोग गरिएको छ । विश्लेषणका लागि लिइएको ‘बसाइँ’उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा र रससम्बन्धी सैद्धान्तिक पक्ष समेटिएका सामग्रीलाई द्वितीयक सामग्रीकारूपमा लिइएको छ । रसवादको स्थापित मान्यताका आधार बसाइँ उपन्यासको अध्ययन गरिएको हुनाले यहाँसामग्री विश्लेषणका लागि निगमन विधिको प्रयोग गरिएको छ भने र लेख प्रस्तुतीकरणमा मूलतः वर्णनात्मकविधि अवलम्बित छ । बसाइँ उपन्यासमा मुख्य वा अङ्गी रसका रूपमा करुण रस उत्पन्न हुन्छ र अङ्ग रसकारूपमा शृङ्गार रस जागृत हुन्छ । करुण रसको अभिव्यक्तिका लागि यहाँ शोक वा पीडालाई उद्दीप्त गराउनेकार्य गरिबी र त्यसका चपेटामा पिल्सिएको धने बस्नेतको परिवार आलम्बन विभावका रूपमा छन् र गरिबीलाईउकास्ने काम साहुको चर्को व्याजसहितको ऋणको भार र कूटनीति तथा हेपाइ जस्ता उद्दीपन विभावले गरेकाछन् । उपन्यासमा रहेको दुःखद परिस्थितिको साधारणीकरण भई पाठकले करुण रसको आस्वादन गर्छ । अतः यहाँकरुण रस परिपाकपूर्ण अवस्थामा देखापर्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research management Cell (RMC); Dhankuta Multiple Campus, Dhankuta; Province-1, Nepal