‘दलबहादुर’ खण्डकाव्यमा अलङ्कारविधान 'Dalbahadur' Khandakavyama Alankarbidhan

Authors

  • कृष्णगोविन्द Krishnagovinda अधिकारी Adhikari TU. Dhankuta Multiple Campus, Dhankuta, Nepali Department त्रि.वि. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

DOI:

https://doi.org/10.3126/rupantaran.v3i0.31806

Keywords:

शब्दालङ्कार Shabdalankar, अर्थालङ्कार Arthalankar, लक्षण Lakshan, विधान Widhan

Abstract

‘दलबहादुर’ खण्डकाव्यका खण्डकाव्यकार कृष्णप्रसाद वस्ती हुन् । उनको ‘दलबहादुर’ खण्डकाव्य र सो काव्यमा विधान गरिएका प्रमुख अलङ्कारहरूलाई चिनाउने उद्देश्यका साथ तयार पारिएको प्रस्तुत लेखको
शीर्षक ‘वस्ती गुरुको ‘दलबहादुर’ खण्डकाव्यमा अलङ्कारविधान हो’ । वस्ती गुरुको जीवनी व्यक्तित्व, कृतित्व तथा पूर्वीय समालोचना पद्धतिको एक प्रमुख सम्प्रदाय अलङ्कारवाद अनुरूप ‘दलबहादुर’ खण्डकाव्यमा के कस्ता अलङ्कारहरूको विधान गरिएको छ । त्यसका लागि अध्ययन गरिएका सामग्रीहरूमा उनकै स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ र त्यही ग्रन्थमा समेटिएको ‘दलबहादुर’ खण्डकाव्य र त्यसको पृष्ठभूमि, लेखहरू, समालोचनात्मक पुस्तक, शब्दकोशादि प्रमुख हुन् । यस लेखमा खण्डकाव्यकारको सङ्क्षिप्त जीवनी, कृतिको विवरण, ‘दलबहादुर’ खण्डकाव्यको कथावस्तु, वशेषता र अलङ्कारको परिचय सहित यस काव्यमा विधान गरिएका १९ ओटा अलङ्कारको सलक्षण विश्लेषणत्मक अध्ययन गरिएको छ । यस अध्ययनबाट पूर्वीय काव्यशास्त्र अन्तर्गतको अलङ्कार सिद्धान्तको प्रयोगात्मक पक्षलाई नेपाली भाषामा कविता रचना गर्ने कविहरूले कसरी त्यसको विधान गर्दारहेछन् भन्ने अध्ययन गर्न खोजिएको छ । यसरी हेर्दा कविहरूले अलङ्कार प्रस्तुतिकै लागि कविताकाव्यको रचना गर्दा रहेछन् कि कविताकाव्य रचना गर्दै जाँदा अलङ्कारको आयोजना स्वतःस्पूmर्त रूपमा हुँदै जाँदोरहेछ भन्ने कुरा हेरिएको छ । यसरी हेर्दा कवि वस्ती आलङ्कार प्रस्तुतिका लागि कविता लेख्ने कवि होइन रहेछन् । बरु उनले कविताकाव्य रचना गर्दैजाँदा अलङ्कारहरूको विधान स्वतः हुँदै जाँदो रहेछ भन्ने कुरा देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
159
pdf
148

Author Biography

कृष्णगोविन्द Krishnagovinda अधिकारी Adhikari, TU. Dhankuta Multiple Campus, Dhankuta, Nepali Department त्रि.वि. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

 उपप्राध्यापक, नेपाली Deputy Professor, Nepali

Downloads

Published

2020-10-05

How to Cite

अधिकारी Adhikari क. K. (2020). ‘दलबहादुर’ खण्डकाव्यमा अलङ्कारविधान ’Dalbahadur’ Khandakavyama Alankarbidhan. Rupantaran: A Multidisciplinary Journal, 3, 119–130. https://doi.org/10.3126/rupantaran.v3i0.31806

Issue

Section

Articles