त्रिभुवन विश्वविद्यालयको चार बर्षे स्नातक तहमा शिक्षणअभ्यास कार्यक्रमको कार्यान्वयन

Authors

  • दिलनाथ फूएल अर्थशास्त्र शिक्षा विभाग, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
  • बद्रीप्रसाद फुएल शिक्षा विभाग, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
  • दलबहादुर तामाङ्ग स्नातकोत्तर शोधार्थी, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

DOI:

https://doi.org/10.3126/rj.v9i1.74433

Keywords:

सूक्ष्म शिक्षण, सहपाठी शिक्षण, शिक्षणअभ्यास, सुपरीवेक्षण, छात्रशिक्षक, सहयोगी विद्यालय

Abstract

प्रस्तुत लेखको उद्देश्य त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायमा शिक्षणअभ्यास कार्यक्रम कार्यान्वयनको अवस्था पत्तालगाउँदै यसमा आइपर्ने समस्या समाधानका उपायहरू सुझाउनु रहेको छ । यस अध्ययनको उद्देश्य पूरा गर्न गुणात्मक एवम् सङ्ख्यात्मक अनुसन्धान ढाँचालाई उपयोग गरिएको छ । यहाँ आवश्यक पर्ने गुणात्मक एवम् सङ्ख्यात्मक सूचना प्राथमिक स्रोतबाट सङ्कलन गरिएको छ भने विषयसँग सम्बन्धित प्रकाशित तथा अप्रकाशित सामग्री द्वितीय स्रोत हुन् । त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामले वि. स. २०७८ सालमा शिक्षाशास्त्रको स्नातक तह चौथो वर्षमा सञ्चालित अभ्यास शिक्षण कार्यक्रममा संलग्न २६ जना क्याम्पस सुपरीवेक्षकहरू मध्ये भ्म। द्धद्धण् पाठ्याङ्श अध्यापन गर्ने ६ जना उद्देश्यमूलक, २५ जना विद्यालय सुपरीवेक्षकहरू मध्ये ६ जना साथै १२५ जनाछात्र शिक्षकहरू मध्ये १८ जना समान सम्भावनायुक्त नमुना छनोट विधिबाट छानिएका उत्तरदाताबाट प्राप्त सूचनाका आधारमा अध्ययन सम्पन्न गरिएको छ ।त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायद्वारा स्नातक तहमा सञ्चालित शिक्षणअभ्यास कार्यक्रममा संलग्न सुपरीवेक्षक एवम् छात्रशिक्षकहरू नै यसको उद्देश्यमा स्पष्ट भएको देखिएन । यस कार्यक्रमका सम्बन्धमा संलग्न सबै प्रष्ट हुनका लागि कोड नम्वर भ्म। द्धद्धण्को विषय अध्यापन गर्ने शिक्षकहरू तथा अध्ययन गर्नेविद्यार्थीहरूलाईशैक्षिक सत्रको कक्षा सुरू हुनुभन्दा अगाडि शिक्षणअभ्यास विभागले बैठकको आयोजना गर्नु पर्दछ । यसका साथै छात्रशिक्षकहरूलाई पठाउने विद्यालयका प्रधान अध्यापक तथा विद्यालय सुपरीवेक्षकहरूलाई विद्यालय शिक्षण कार्यक्रम अगावै संयुक्त वैठकको आयोजना गर्नु पर्दछ । यस्ता बैठक एवम् सेमिनारमार्पmत सम्बद्घ सबैलाई आप्mनो जिम्मेवारीको बोध गराइयो भने शिक्षणअभ्यास कार्यक्रमको उद्देश्य प्राप्त गर्न मद्दत पुग्ने देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
17

Downloads

Published

2024-12-31

How to Cite

फूएल द., फुएल ब., & तामाङ्ग द. (2024). त्रिभुवन विश्वविद्यालयको चार बर्षे स्नातक तहमा शिक्षणअभ्यास कार्यक्रमको कार्यान्वयन. Research Journal, 9(1), 252–270. https://doi.org/10.3126/rj.v9i1.74433

Issue

Section

Articles