स्थानीय पाठ्यक्रमले विद्यार्थीको जीवनमा पारेको प्रभाव
DOI:
https://doi.org/10.3126/rj.v9i1.74431Keywords:
स्थानीय पाठ्यक्रम, पर्यटन विकास, सांस्कृतिक पहिचान, समुदायमुखी शिक्षा, शैक्षिक समानताAbstract
स्थानीय पाठ्यक्रम स्थानीयतहमा नै निर्माण गरिन्छ, यसले स्थानीय ज्ञान, सीप, क्षमता र विकासलाई जोड दिन्छ । स्थानीय पाठ्यक्रमले अँगालेको विषयले आप्mनो क्षेत्रका ज्ञान सीप प्रदान गर्दछ । प्रस्तुत लेखमा इलाम नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमले विद्यार्थीको अध्ययनमा पारेको प्रभावलाई हेरिएको छ । यस लेखमा नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा अध्यापन गराइने विषयहरुमध्ये पर्यटन र विकाससँग सम्बन्धित विषयको पाठ्यक्रम निर्माण गरी लागु गरिएका विद्यालयहरुका विद्यार्थीहरुको शैक्षिक उपलब्धीको अध्ययन गरिएको छ । यो अध्ययनमा इलाम नगरपालिका वार्ड नं ७ मा रहेको श्री आदर्श मा.वि.मा लागु गरि कक्षा ६,७ र ८ का विद्यार्थीले अध्ययन गरेको स्थानीय पाठ्यक्रमले पारेको प्रभाव विश्लेषण गरिएको छ । अध्ययनमा वर्णनात्मक अनुसन्धान ढाँचालाई प्रयोग गरी उद्देश्य पुरा गर्ने प्रयत्न गरिएको छ ।अध्ययनका लागि सूचना सम्वन्धित विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुसँग प्रत्यक्ष कुराकानी, अन्तर्वार्ता, अवलोकन विधिबाट प्राथमिक स्रोतहरु तथा सम्वन्धित विद्यालय, नगर शिक्षा शाखा र सम्बन्धित कक्षाका पाठ्यपुस्तकहरुबाट द्धितीय स्रोतबाट तथ्याङ्क सङ्कलन गरिएको छ । “पर्यटन र विकास” शीर्षकको पाठ्यक्रम निर्माण गरी इलाम नगरपालिकाले लागु गरेको र त्यसको अध्ययन पश्चात् विद्यार्थीमा देखिएको परिर्वतनको आँकलन गरिएको छ । स्थानीय पाठ्यक्रमले विद्यार्थीमा चेतना बढेको, साँस्कृतिक सामाजिकरुपमा चासो बढेको, समसामयिक विषयमा छलफलमा भागलिइ आप्mनो राय राख्न सक्ने भएको, कला संस्कृतिको संरक्षण आफैँले गर्नुपर्छ भन्ने चेतना विकास भएको अध्ययनको निष्कर्ष रहेको छ । स्थानीय तहभित्र रहेका धेरै विषयहरु महत्वपूर्ण हँुदाहँुदै तीविषयहरु ओझेलमा परेको देखिएको छ । दुर्गम क्षेत्रका कतिपय विषय केन्द्रीय पाठ्यक्रमले नसमेट्ने हुँदा स्थानीय पाठ्यक्रमले स्थान विशेष रुपमा समेटेको र यस्ता विषयले ठूलो परिवर्तन गरेको पाइयो । विद्यार्थीको जीवनमा मुख्य रुपमा आर्थिक, सामाजिक, नीतिगत, चेतनागत, साँस्कृतिक र भौगोलिक प्रभाव परेको अध्ययनको निष्कर्ष रहेको छ ।