छन्त्याल, चेपाङ र नेपाली भाषाको वचन, पुरुष र आदरगत तुलना
DOI:
https://doi.org/10.3126/pragyaratna.v5i1.59710Keywords:
शक्ति पृथकिकरण, मौलिक हक, आदरार्थी, दोस्रो भाषा, पहिलो भाषा, मातृभाषाको व्याघात, वर्णविन्यासगत त्रुटि, सम्भाव्य त्रुटिAbstract
छन्त्याल, चेपाङ र नेपाली भाषाको वचन, पुरुष र आदरगत तुलना’ शीर्षकको यस लेखमा छन्त्याल र चेपाङ र नेपाली भाषालाई वचन, पुरुष र आदरका आधारमा विश्लेषण गरिएको छ । सबै भाषामा वचन, पुरुष र आदरको व्यवस्था समान किसिमको देखिँदैन । कतिपय भाषामा वचनको प्रभाव कर्ता र क्रिया दुवैमा पर्ने गरेको पाइन्छ भने कतिपय भाषामा वचनको प्रभाव कर्तामा मात्र परी क्रियामा परेको पाइँदैन । छन्त्याल र चेपाङ भाषाको वचनको प्रभाव कर्तामा मात्र परेको देखिन्छ , यिनीहरूमा नेपाली भाषामा जस्तो वचनको प्रभाव क्रियामा परेको देखिँदैन । यसले गर्दा छन्त्याल र चेपाङ भाषीले नेपाली भाषाको प्रयोग गर्दा वचनका आधारमा क्रियाको सङ्गतिको प्रयोगमा कठिनाइ अनुभव गर्दछन् अर्थात् उनीहरूले नेपाली भाषाको अभिव्यक्तिमा वचनका आधारमा क्रियाको सङ्गतिमा त्रुटि गर्न सक्ने देखिन्छ । यसैगरी पुरुषको प्रभाव कतिपय भाषामा कर्ता र क्रिया दुवैमा परेको पाइन्छ भने कतिपय भाषामा कर्तामा मात्र परेको हुन्छ । छन्त्याल र चेपाङ भाषामा पुरुषको प्रभाव कर्तामा मात्र सीमित रहेको देखिन्छ, नेपाली भाषामा जस्तो पुरुषको प्रभाव क्रियामा परेको देखिँदैन । यसकारण छन्त्याल र चेपाङ मातृभाषीहरूले नेपाली भाषाको प्रयोगमा पुरुषगत क्रियाको सङ्गतिको प्रयोगमा जटिलता अनुभव गर्दछन्अर्थात्उनीहरूले नेपाली भाषाको अभिव्यक्तिमा पुरुषको आधारमा क्रियाको सङ्गतिमा त्रुटि गर्न सक्ने देखिन्छ । कतिपय भाषामा आदरार्थीका विभिन्न रूपहरू पाइन्छन् भने कतिपय भाषामा आदारार्थीका विभिन्न रूपहरू पाइँदैनन्। छन्त्याल र चेपाङ भाषाको अभिव्यक्तिमा नेपाली भाषामा जस्तो आदरको तहमा विभेद पाइँदैन त्यसैले यिनीहरूले नेपाली भाषाको प्रयोगमा आदरगत प्रयोगमा कठिनाइ अनुभव गर्दछन्अर्थात्उनीहरूले नेपाली भाषाको अभिव्यक्तिमा आदरगत प्रयोगमा त्रुटि गर्ने सम्भावना देखियो ।