'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
DOI:
https://doi.org/10.3126/pragyan.v6i1.54711Keywords:
स्खलन, क्षारसरोवर, पुनर्लेखन, स्वैरकल्पना, मिथकAbstract
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासमा स्वैरकल्पनाको प्रयोग के कसरी गरिएको छ भन्ने मूल समस्यामा केन्द्रित रहेर उपन्यासको विश्लेषण गरिएको छ । उपन्यासमा प्रस्तुत घटना, विषय र पात्रका माध्यमबाट स्वैरकल्पनाको प्रयोग भएका तथ्य र कुरा पहिचान गर्नु वा पहिल्याउनु यस अध्ययनको मूल उद्देश्य हो । प्रस्तुत लेखलाई सम्पन्न गर्न द्वितीयस्रोतका सामग्रीहरू प्रयोग गरिएको छ । यस अध्ययनको मूल स्रोत सामग्री ‘अग्निदत्त+अग्निदत्त’ उपन्यास हो भने सैद्धान्तिक सामग्रीका लागि पुस्तकालयीय स्रोतबाट समालोचनाका सैद्धान्तिक ग्रन्थको सहयोग लिई विश्लेषणात्मक विधिको प्रयोग गरेर अध्ययन गरिएको छ । यस अध्ययनलाई निष्कर्षमा पुर्याउन स्वैरकल्पना प्रयोग सन्दर्भ र सैद्धान्तिक आधारलाई अवलम्बन गरिएको छ । नेपाली उपन्यासमा स्वैरकल्पना प्रयोगका दृष्टिले निकै सफल देखिने गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासमा नेपाली समाज र राजनीतिको चित्रलाई विभिन्न काल्पनिक घटना, पात्र र प्रसङ्गको सिर्जना गरेर निकै सुन्दर ढङ्गले स्वैरकल्पनाको प्रयोग भएको छ । {In this article, novelist Dhruva Chandra Gautam's novel 'Agnidatta + Agnidatta' has been analyzed. Gautam's novel 'Agnidatta + Agnidatta', which uses a lot of self-imagination in the field of Nepali novels, has been analyzed by focusing on the basic problem of how self- imagination has been used. The main purpose of this study is to identify the facts and things used by self-imagination through the events, subjects and characters presented in the novel. The material from the second source is used to complete the present article. The main source material of this study is the novel 'Agnidatta + Agnidatta'. In order to conclude this study, self-conceptual context and theoretical basis have been adopted. In Gautam's novel 'Agnidatta + Agnidatta', which seems to be very successful in terms of the use of self- imagination in Nepali novels, self-imagination has been used in a very beautiful way by creating various imaginary events, characters and contexts of Nepali society and politics}