हिमालका आवाज कविताकृतिका कवितामा प्रतिरोध चेतना

Authors

  • हेम Hem भण्डारी Bhandari पाटन संयुक्त क्याम्पस

DOI:

https://doi.org/10.3126/ppj.v4i01.70278

Keywords:

राष्ट्रियता, पर्यावरण, प्रतिरोध, मानवता, संस्कृति

Abstract

हिमालका आवाज कविताकृतिमा हिमाली सौन्दर्यलाई कविताको विषय बनाई पर्यावरण संरक्षणका पक्षमाआवाज उठाइएको छ । हिमसंस्कृतिलाई नेपाली संस्कृतिको पहिचानका रूपमा उभ्याई हाम्रो सांस्कृतिक गरिमालाईसंरक्षण र विस्तार गर्नुपर्ने विचार प्रस्तुत गरिएको छ । जाति, वर्ग, लिङ्ग, पर्यावरण, राष्ट्रियता, मानवताजस्ता विषयमाकायम गरिएको शासकीय प्रभुत्व र त्यसले पु¥याएको असरको समीक्षा गरी यसमा नेपाली मौलिकताको जगेर्नाका पक्षमाप्रतिरोध निर्माण गरिएको छ । वर्गीय, जातीय, लैङ्गिक, पर्यावरणीय, राष्ट्रियता र मानवतासम्बद्ध विषयमा प्रकटितप्रतिरोध नै प्रस्तुत अध्ययनसम्बद्ध प्रमुख प्राज्ञिक समस्या हो । यही समस्यालाई पृष्ठभूमिमा राखी यस अध्ययनमा वर्गीय,जातीय, लैङ्गिक, पर्यावरणीय तथा राष्ट्रियता र मानवताका विषयमा अभिव्यक्त प्रतिरोधी विचार विश्लेषण तथामूल्याङ्कनको उद्देश्य लिइएको छ । यस उद्देश्यको परिपूर्तिका निम्ति उद्देश्यमूलक नमुना छनोट विधिको अवलम्बन गरीपुस्तकालयकार्यबाट सामग्री सङ्कलन गरिएको छ । वर्गीय, जातीय, लैङ्गिक तथा पर्यावरणीय प्रतिरोधका साथै राष्ट्रियतार मानवतासम्बद्ध विषयमा प्रकटित प्रतिरोधलाई विश्लेषणको आधारका रूपमा प्रयोग गरी कवितामा अभिव्यक्त प्रतिरोधीविचारको मूल्याङ्कन गरिएको छ । विश्लेष्य कवितामा संस्कृति, पर्यावरण, स्वाधीनता र मानवताको संरक्षणका पक्षमाविचार प्रकट गरी सभ्य र समुन्नत समाज निर्माणका लागि सचेतनाको सन्देश प्रस्तुत गरिएको छ । सचेत स्रष्टाकोसिर्जनशीलता समाज रूपान्तरणका पक्षमा अग्रसर हुनुपर्ने मान्यता प्रकट गरिएका यी कवितामा वर्गीय, जातीय तथालैङ्गिक समानताको अभिव्यक्ति पाइन्छ । राष्ट्रप्रेम, मानवता, पर्यावरण र संस्कृतिका पक्षमा सचेतनाको अभिमत प्रकटगरिएका कविताको विश्लेषणमार्फत प्रस्तुत अध्ययनमा हिमसंस्कृति नेपाली संस्कृतिको पहिचानको आधार भएकोनिष्कर्षमा पुगिएको छ । यसका साथै, नेपालीहरूले सामाजिक, सांस्कृतिक, आर्थिक तथा नैतिक धरातल निर्माण गरीमानवता, संस्कृति, पर्यावरण र स्वाधीनताको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
16

Author Biography

हेम Hem भण्डारी Bhandari, पाटन संयुक्त क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2024-10-01

How to Cite

भण्डारी Bhandari ह. H. (2024). हिमालका आवाज कविताकृतिका कवितामा प्रतिरोध चेतना. Patan Prospective Journal, 4(01), 217–232. https://doi.org/10.3126/ppj.v4i01.70278

Issue

Section

Articles