मार्क्सवादी दर्शन र नेपालमा यसको अभ्यास

Authors

  • गिरधारी Girdhari दाहाल Dahal पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखरा

DOI:

https://doi.org/10.3126/pd.v8i1.70356

Keywords:

माक्र्सवादी दर्शन, द्वन्दात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद, समुन्नत समाज, Marxist philosophy, dialectical materialism, scientific socialism, advanced society

Abstract

पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखराजीवन र जगतका बारेमा अध्ययन अनुसन्धान र विश्लेषण गरी सत्यको खोजी गर्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ । यसको विश्लेषणको आधार तार्किक, वस्तुनिष्ठ, यथार्थ र वैज्ञानिक हुन्छ । दर्शनलाई पूर्वीय र पश्चिमा, आध्यात्मवादी र भौतिकवादी तथा विभिन्न विधाका आधारमा अध्ययन विश्लेषण गरिन्छ । दर्शन व्यक्ति केन्द्रित, समाज केन्द्रित, वर्गीय र विश्वव्यापी हुन्छ । भौतिकवादी दर्शनको उदय प्राचीनकालदेखि भएको मानिन्छ । आधुनिक युगमा माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादमा आधारित वैज्ञानिक विश्व दर्शन हो । यस दर्शनको जीवन र जगतलाई हेर्ने दृष्टिकोण वैज्ञानिक समाजवाद हो । यसका प्रणेता कार्ल माक्र्स हुन । यस दर्शनको अभ्यास र प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सर्वत्र छ । यस आलेखको उद्देश्य माक्र्सवादी दर्शनमा आधारित द्वन्द्वात्मक भौतिकवादको दार्शनिक तथा सैद्धान्तिक पक्षको अध्ययनका साथ साथै नेपालमा यसको अभ्यासका केही दृष्टान्तका बारेमा विश्लेषण गर्ने रहेको छ । यस अध्ययनमा द्धितीय स्रोतको प्रयोग गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
90

Author Biography

गिरधारी Girdhari दाहाल Dahal, पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखरा

राजनीतिशास्त्र बिभाग 

Downloads

Published

2024-10-22

How to Cite

दाहाल Dahal ग. G. (2024). मार्क्सवादी दर्शन र नेपालमा यसको अभ्यास . Pargatishil Darpan, 8(1), 61–79. https://doi.org/10.3126/pd.v8i1.70356

Issue

Section

Original Articles