विपद व्यवस्थापनका लागि पोखराका सार्वजनिक खुला स्थानको अवस्था र पोखरा आन्तरिक विमानस्थल परिसरको भावी उपयोग

Authors

  • रामजीप्रसाद Ramjee Prasad पोखरेल Pokharel पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखरा

DOI:

https://doi.org/10.3126/pd.v8i1.70355

Keywords:

सार्वजनिक खुला स्थान, विपद् व्यवस्थापन, पोखरा, आन्तरिक विमानस्थल, उद्धार, राहत, Disaster management, Internal airport, Pokhara, Public open space, relief, rescue

Abstract

सहरी क्षेत्रअन्तर्गत भौतिक संरचनाले नढाकेका र नागरिकको सहज पहुँच भएका स्थानलाई सार्वजनिक खुला स्थान भनिन्छ । यस्ता स्थानहरुले सहरवासीलाई शारीरिक, मानसिक मनोरञ्जन प्रदान गर्नुका साथै प्राकृतिक वा मानवीय कारणले सिर्जित विपदलाई न्यूनीकरणका गर्नका लागि सुरक्षित उद्धार र राहत प्रदान गर्ने आश्रय स्थलको रुपमा पनि अतुलनीय अवसर प्रदान गर्दछ । पोखरा महानगरमा प्रत्येक वर्ष तीव्रसहरीकरण हुदैं गएकोले पनि कुनैपनि प्राकृतिक विपद आइपरेमा सहरवासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न मौजुदा सार्वजनिक खुला स्थानको अवस्थाको लेखाजोखा गर्दै यसको विस्तारका लागि सम्भावित स्थलको पहिचान र त्यसको उपयोगको खाका प्रस्तुत गर्नु यस अध्ययनको अभिप्राय रहेको छ ।  यस अध्ययनमा प्राथमिक सूचनाको आधारमा गरिएको विश्लेषणमा विपद व्यवस्थापनका लागि उपयुक्त सार्वजनिक खुला स्थलको उपयुक्तताको आधारमा पहिचान गरी न्एक् र ब्चअ न्क्ष्क् द्धारा नक्साङ्कन तयार पारिएको छ । सार्वजनिक खुला भू–भाग सहरको अभिन्न अङ्ग भएकाले पनि पोखरा महानगरपालिकामा विद्यमान आन्तरिक हवाई मैदानलाई सार्वजनिक उपयोगका रुपमा व्यवस्थापन गरिएमा हालको प्रतिव्यक्ति ३.५ वर्ग मिटर क्षेत्रफलबाट बढेर ४.२४ वर्ग मिटर हुने देखिन्छ । यस सम्भावित स्थानलाई सार्वजनिक रुपमा रुपान्तरण गरी विपदका बखत आश्रय स्थलका रुपमा व्यवस्थापन गर्ने अभिप्रायले उद्धार सामग्री राख्ने स्थान, पोखराको पहिचान दिने सङग्राहालय र वर्तमान धावनमार्गलाई यथावत राखी वाँकी भागलाई पार्कको रुपमा रुपान्तरण गर्नु वाञ्छनीय देखिन्छ ।   

Downloads

Download data is not yet available.
Abstract
34
PDF
22

Author Biography

रामजीप्रसाद Ramjee Prasad पोखरेल Pokharel , पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखरा

भूगोल विभाग  

Downloads

Published

2024-10-22

How to Cite

पोखरेल Pokharel र. . R. P. (2024). विपद व्यवस्थापनका लागि पोखराका सार्वजनिक खुला स्थानको अवस्था र पोखरा आन्तरिक विमानस्थल परिसरको भावी उपयोग. Pargatishil Darpan, 8(1), 50–60. https://doi.org/10.3126/pd.v8i1.70355

Issue

Section

Original Articles