नेपाली कथामा अपाङ्ग शरीरमाथिको राजनीति [Politics on Physically Disabled in Nepal Stories]

Authors

DOI:

https://doi.org/10.3126/irjmmc.v5i4.70932

Keywords:

अपाङ्गता, दृष्टिविहीनता, बौद्धिक अपाङ्ग, वर्चस्व, शक्ति सम्बन्ध, Disabled, Blindness, Intellectual disability, Dominance, Power relations

Abstract

प्रस्तुत अध्ययन समकालीन नेपाली कथामा शरीरमाथि गरिने राजनीतिको अध्ययनमा केन्द्रित छ । शक्तिका आधारमा कुनै पनि शरीरमाथि गरिने दमन र वर्चस्वशली व्यक्तिले कमजोर शरीरमाथि गरेको दोहनलाई शरीर राजनीति भनिन्छ । पछिल्लो समयमा फरक क्षमताका मानिसका संवेदना र भोगाइलाई विषय बनाएर कथा लेख्ने क्रम बढेको छ । अन्य शरीरभन्दा कमजोर रहने अपाङ्ग शरीरमाथि अझ बढी उपेक्षा, दमन र शोषण भएको स्थिति छ भन्ने विषयमा सचेत भई नेपाली साहित्यमा कथा लेखिएको छ र सचेततापूर्वक यस्तो लेख्न क्रम बढेको छ । यस सन्दर्भमा वर्तमान समयका पाँचवटा कथामा चित्रण गरिएको शरीरमाथिको राजनीतिका विषयको अध्ययन गर्ने क्रममा महेश थापाको 'यात्रा', महेश पौड्यालको 'बगर', एल.बी. क्षेत्रीको 'मृदुलको आत्मकथा', प्रज्जवल पराजुलीको 'खुँडे ओठ' र मनिषा गौचनको 'अतृप्त भोक' कथाहरू अध्ययन गरी अपाङ्ग शरीरमाथि समाजमा गरिने दमनात्मक व्यवहारलाई खोजिएको छ । यस अध्ययनमा उपर्युक्त पाँच कथाबाट प्राथमिक सामग्री सङ्कलन गरी शरीर राजनीतिको सैद्धान्तिक आधारबाट ती सामग्रीको विश्‍लेषण गरिएको छ । कथाहरूको अध्ययनबाट समाजमा अपाङ्ग शरीरका अनेक अवस्था रहेका र ती शरीरलाई विभिन्न रूपमा दमनपूर्ण व्यवहार गरिने स्थिति रहेको र तिनका लागि लेखकले प्रतिरोधपूर्ण आवाज उठाएको निष्कर्ष निकालिएको छ ।

[This study focuses on the study of body politics in contemporary Nepali short story fiction. The oppression of anybody based on power and the exploitation of weak bodies by dominant people is called body politics. In recent times, there has been an increase in the trend of writing stories based on the feelings and experiences of people with different abilities. In this context, while studying the body politics depicted in five contemporary stories, Mahesh Thapa's 'Yatra', Mahesh Paudyal's 'Bagar', L.B. Chhetri's 'Mridulako Aatmkatha', Prajwal Parajuli's 'Khunde Oth' and Manisha Gauchan's 'Atripta Bhok' have been studied and the oppressive behavior of disabled bodies in the society has been explored. In this study, primary material has been collected from the above-mentioned five stories and analyzed from the theoretical basis of body politics. From the study of the stories, it has been concluded that there are many conditions of disabled bodies in the society and that there are many conditions of disabled bodies in the society and that these bodies are treated oppressively in different ways nad the author raised a resistance voice for them.]

Downloads

Download data is not yet available.
Abstract
204
pdf
40

Author Biography

Rajani Dhakal, Tribhuvan University, Nepal

Associate Professor, Nepali Department

Downloads

Published

2024-10-20

How to Cite

Dhakal, R. (2024). नेपाली कथामा अपाङ्ग शरीरमाथिको राजनीति [Politics on Physically Disabled in Nepal Stories]. International Research Journal of MMC, 5(4), 197–209. https://doi.org/10.3126/irjmmc.v5i4.70932

Issue

Section

Articles