कवि राजाको ‘तङसिङ’ मा वक्रोक्ति [Vakrokti in Kavi Raja's 'Tangsing']

Authors

  • Khil Prasad Baral Makawanpur Multiple Campus, Hetauda

DOI:

https://doi.org/10.3126/irjmmc.v5i3.68520

Keywords:

पदपूर्वार्द्ध वक्रता, रूढिवैचित्र्य वक्रता, वक्रोक्ति सिद्धान्त, वर्णविन्यास वक्रता

Abstract

एघारौँ शताब्दीका आचार्य कुन्तकले प्रतिपादन गरेको वक्रोक्तिसिद्धान्त पूर्वीय साहित्यशास्त्रका प्रमुख सिद्धान्तमध्ये एक हो । पूर्ववर्ती आचार्यहरूका काव्यमान्यतासमेतलाई समेटेको यस सिद्धान्तमा कुन्तकले वक्रोक्तिका विभिन्न छ भेद तथा तिनका उपभेदहरूको चर्चा गरेका छन् । उनले प्रस्तुत गरेका वक्रोक्तिका छ भेदहरूमध्ये वर्णविन्यास वक्रता र पदपूर्वार्द्ध वक्रताका केही भेदका आधारमा सुप्रसिद्ध भारतीय नेपाली कवि राजाको ‘तङसिङ’ सङ्ग्रहका कविताहरूको अध्ययन विश्लेषण गर्नु यस अनुसन्धानको उद्देश्य रहेको छ । यसका लागि सर्वप्रथम वक्रोक्ति सिद्धान्तको सङ्क्षिप्त सैद्धान्तिक चर्चा गर्दै सम्बन्धित कवितामा विभिन्न प्रकारका वक्रताको प्रगोग कसरी भएको छ भन्ने सन्दर्भलाई स्पष्ट पार्न उक्त कविता सङ्ग्रहका अंशलाई उदाहरणका रूपमा प्रस्तुत गरी तिनमा पाइने वक्रताको अध्ययन विश्लेषण गरिएको छ । पुस्तकालय अध्ययनबाट प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको प्रयोग गरी वर्णनात्मक पद्धतिअनुसार विवेच्य सामग्रीहरूको विश्लेषण गरिएको यो अध्ययन मूलतः निगमनात्मक पद्धतिमा आधारित छ । यस अध्ययनका लागि सामग्री सङ्कलन गर्न उद्देश्यमूलक नमुना छनोट पद्धतिको प्रयोग गरिएको छ । यो नितान्त गुणात्मक प्रकृतिको अध्ययन हो । यस अध्ययनबाट कवि राजाका कवितामा वक्रताको सफल र सार्थक प्रयोग भएको र यस्तो प्रयोगबाट उनका कविताहरू विशिष्ट बनेको निष्कर्ष निकालिएको छ । भविष्यमा वक्रोक्ति सिद्धान्तका आधारमा विभिन्न विधाका साहित्यिक कृतिहरूको अध्ययन विश्लेषण गर्नेहरूका लागि यो लेख महत्त्वपूर्ण सन्दर्भ बन्न सक्ने अपेक्षा गरिएको छ ।

[Vakroktisiddhanta propounded by Acharya Kuntak in the eleventh century is one of the major principles of Eastern literature. In this principle, which also includes the poetic values ​​of the previous Acharyas, Kuntak has discussed six different types of Vakrokti and their sub-types. The purpose of this research is to study and analyze the poems of the well-known Indian Nepali poet Raja's 'Tangsing' collection based on the six distinctions of vakrokti presented by him. For this, first of all, a brief theoretical discussion of the theory of Vakrokti has been done in order to clarify the context of how different types of Vakrokti have been developed in related poetry and the study of the Vakrokti found in them has been presented as an example and analyzed. This study is basically based on deductive method, which analyzed the selected materials according to the descriptive method using materials from both primary and secondary sources from the library study. Purposive sampling method has been used to collect material for this study. This is a purely qualitative study. From this study, it has been concluded that there is a successful and meaningful use of Vakrokti in poet Raja's poetry and his poems became unique due to such use. In the future, this article is expected to be an important reference for those who study and analyze literary works of various genres based on the theory of Vakrikti.]

Downloads

Download data is not yet available.
Abstract
97
PDF
116

Author Biography

Khil Prasad Baral, Makawanpur Multiple Campus, Hetauda

Lecturer of Nepali

Downloads

Published

2024-08-06

How to Cite

Baral, K. P. (2024). कवि राजाको ‘तङसिङ’ मा वक्रोक्ति [Vakrokti in Kavi Raja’s ’Tangsing’]. International Research Journal of MMC, 5(3), 149–160. https://doi.org/10.3126/irjmmc.v5i3.68520

Issue

Section

Articles