माध्यमिक तहको नेपाली भाषा पाठ्यपुस्तकमा समाविष्ट सुनाइ पाठप्रति विषय शिक्षकका धारणा

Authors

  • महेश प्रसाद भट्ट सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर
  • कृष्णप्रसाद पोखरेल

DOI:

https://doi.org/10.3126/irj.v3i1.71035

Keywords:

भाषापाठ्यक्रम, भाषापाठ्यपुस्तक, तहगत सक्षमता, सुनाइ पाठ, सिकाइ सहजीकरण, स्तर अनुरूपता

Abstract

विद्यालय तहका नेपाली भाषापाठ्यपुस्तकमा भाषा सिकाइको अतिरिक्त अभ्यासार्थ सुनाइ पाठ समावेश गरिएको छ । समाविष्ट पाठहरुबाट सुनाइ सीपको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । वस्तुतः यस लेखमा माध्यमिक तहको नेपाली भाषापाठ्यपुस्तकमा समाविष्ट सुनाइ पाठको उपयुक्तता तथा सान्दर्भिकता अध्ययन गरिएको छ । यसमा माध्यमिक तह, कक्षा नौ र दशको वर्तमान नेपाली पाठ्यपुस्तकमा समाविष्ट सुनाइ पाठहरूप्रति सम्बन्धित विषय शिक्षकका विचार विश्लेषण गरिएको छ । यसको उद्देश्य शिक्षकका दृष्टिकोणबाट सुनाइ पाठको धारणा विश्लेषण गर्नु रहेको छ । यस लेखमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक नमुना छनोट विधि अवलम्वन गरी अन्तरवार्ताका माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । सामग्री सङ्कलन गर्दा प्राथमिक स्रोतको उपयोग गरिएको छ । प्रस्तुत अध्ययनमा समाविष्ट सुनाइ पाठ तथा अभ्यासात्मक कार्यकलापहरु विद्यार्थीमा सुनाइ सिप विकासका लागि प्रभावकारी र उपयोगी भएको तथ्य प्राप्त भएको छ । यस लेखले सम्बन्धित क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषय क्षेत्रप्रति रुचि राख्ने सरोकारवाला सम्पूर्णमा अपेक्षित सहयोग पु¥याउने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
11

Downloads

Published

2024-12-10

How to Cite

भट्ट म. प., & पोखरेल क. (2024). माध्यमिक तहको नेपाली भाषा पाठ्यपुस्तकमा समाविष्ट सुनाइ पाठप्रति विषय शिक्षकका धारणा. Innovative Research Journal, 3(1), 116–125. https://doi.org/10.3126/irj.v3i1.71035

Issue

Section

Articles