भाषिक अध्ययनमा व्यतिरेकी विश्लेषण र त्रुटि विश्लेषणको सम्बन्ध
DOI:
https://doi.org/10.3126/irj.v3i1.71033Keywords:
व्यतिरेकी, त्रुटि, शिक्षण, कठिनाई, तुलनात्मकAbstract
व्यतिरेकी विश्लेषण र त्रुटिविश्लेषण दुवै प्रायोगिक भाषाविज्ञानका शाखा हुन् । यी दुबैले शिक्षार्थीका कठिनाईहरुको पहिचान गरी तिनका कारण र निदानका उपाय खोज्ने गर्दछन् । व्यतिरेकी विश्लेषणले मातृभाषापरक भाषिक त्रुटिको पूर्वानुमान गर्दछ । व्तिरेकी विश्लेषण शिक्षकले भाषिक अध्ययन गर्ने सिद्धान्त हो । भाषिक अध्ययन पश्चात विद्यार्थीले भाषा सिकाइमा गर्ने त्रुटिको अध्ययन त्रुटि विश्लेषणले गर्दछ । भाषामा रहेका भाषिक एकाइका आधारमा के कस्ता त्रुटिहरु हुन्छन् र तिनको निराकरण कसर िगर्न सकिन्छ भनेर त्रुटि विश्लेषणले गर्दछ । यी दुबै सिद्धान्तका आधारमा शिक्षण सामाग्री, शिक्षण विधि, तय गर्न मद्दत पुग्दछ ।