कृति विश्लेषणको शैलीवैज्ञानिक आधार

Authors

  • केशव भुसाल त्रि. वि. कीर्तिपुर, नेपाल

DOI:

https://doi.org/10.3126/irj.v3i1.71032

Keywords:

शैलीविज्ञान, शैलीवैज्ञानिक अध्ययनको परम्परा, शैलीवैज्ञानिक अध्ययनका आधार, शैलीवैज्ञानिक समालोचनाका तह

Abstract

प्रस्तुत लेख कृति विश्लेषणको शैलीवैज्ञानिक आधारमा आधारित रहेको छ । विशेषतः यस लेखमा भाषाप्रयोगको शैली र त्यसको अध्ययन विश्लेषण प्रक्रियाका बारेमा सूक्ष्म अध्ययन गरिएको छ । शैलीविज्ञानको परिचय दिनु, कृति विश्लेषणका शैलीवैज्ञानिक आधारहरू निक्र्यौल गर्नु, शैलीवैज्ञानिक आधारहरूको चर्चा गर्नु र शैलीवैज्ञानिक समालोचनाका तहहरूको व्याख्या गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरू सङ्कलन गरिएको छ । यस क्रममा अङ्ग्रेजी तथा नेपाली सद्धान्तिक सामग्रीहरूको अध्ययन–विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा शैलीविज्ञानका बारेमा चर्चा गरिएका अङ्ग्रेजी तथा नेपाली सैद्धान्तिक सामग्रीहरू यस अध्ययनका मुख्य सामग्रीका रूपमा र शैलीविज्ञानबारे चर्चा गरिएका लेखरचनाहरूलाई गौण सामग्रीका रूपमा उपयोग गरिएको छ । यस अध्ययनका आधारमा शैलीविज्ञानको पूर्वीय र पाश्चात्य परम्परा ऐतिहासिक रहेको, शैलीवैज्ञानिक अध्ययनमा भाषिक, साहित्यिक र शैलीगत आधारहरूलाई उपयोग गर्ने गरिएको, शैलीवैज्ञानिक समालोचनात्मक तहका रूपमा आधार सामग्री, कलामाध्यम र कलाप्रतीकको तहलाई लिने गरिएको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले शैलीविज्ञान र यससम्बद्ध क्षेत्रमा क्रियाशील विद्यार्थी, शिक्षक, अनुसन्धाता आदिलाई आवश्यक कुराहरूको ग्रहणार्थ सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
8
PDF
16

Downloads

Published

2024-12-10

How to Cite

भुसाल क. (2024). कृति विश्लेषणको शैलीवैज्ञानिक आधार. Innovative Research Journal, 3(1), 59–84. https://doi.org/10.3126/irj.v3i1.71032

Issue

Section

Articles