काव्य हेतु : एक अध्ययन
DOI:
https://doi.org/10.3126/yj.v2i1.66300Keywords:
अभिव्यञ्जनात्मक वृत्ति, उन्मेष, छन्दशास्त्र, प्रज्ञा, Pragya, Chhandashastra, UnmeshAbstract
प्रस्तुत लेखमा काव्य हेतुको परिचय एवम् काव्य हेतुको प्रकारको विश्लेषण गर्ने प्रयास गरिएको छ । काव्य हेतुबारे पूर्वीय आचार्य साथैहरुले दिएको परिभाषा एवम् विचारलाई केलाउने प्रयास गरिएको छ । साथै पाश्चात्य विद्धान्हरुको परिभाषा एवम्विचारलाई र नेपाली विद्धान्हरुको परिभाषालाई संक्षिप्त रुपमा चर्चा गरिएको छ । सिर्जनात्मक लेखनका कारक वा हेतु बारे पूर्व र पश्चिम दुवैतिर गहन रुपमा विचार गरिएको छ । पूर्वमा संस्कृतमा सिर्जनका कारक बारे भामहदेखि पण्डितराज जगन्नाथसम्म व्यापक चिन्तन मनन भएको पाइन्छ । यस विषयमा सबै विचारहरुको एउटै मत भने छैन । सिर्जनाका कारकहरु बारे पाश्चात्य विद्धान्हरुमा पनि मत भिन्नता पाइन्छ । त्यहाँ पनि कारकहरु बारे लामो र व्यापक चिन्तन गरिएको देखिन्छ । पाश्चात्य मतमा प्लेटो, अरस्त्तु, होरेस, लोन्जाइनस, नवशास्त्रवादी, वर्डस्वर्थ कलरिज प्रगतिवादी चिन्तन लगायतका मतहरुलाई संक्षिप्त रुपमा चर्चा गरिएको छ । नेपाली विद्धान्हरुले काव्य हेतु बारे गरेका परिभाषालाई पनि संक्षिप्त रुपमा चर्चा गरिएको छ । साथै काव्य हेतुका मुख्य तीन प्रकार प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई विश्लेषण गरी प्रतिभा, व्युत्पत्ति र अभ्यासका आधारमा गरिएको कविहरुको विभाजनलाई प्रस्तुत गरिएको छ ।