तामाङ लोक संस्कृति र सेलो गीतको सूक्ष्म विश्लेषण

Authors

  • बालकृष्ण शर्मा Tribhuvan University, Mahendra Multiple Campus, Nepalgunj, Banke

DOI:

https://doi.org/10.3126/voice.v16i2.72788

Keywords:

तामा सेलो, बोन्पो, थाक खोला, आदिवासी, दस्तावेज

Abstract

प्रस्तुत लेख काठमाडौँ वरिपरिका डाँडाकाडा र त्यहाँबाट वसाइसराई गरी नेपालगन्ज तराई प्रदेशमा झरेका केही तामाङ जातिको ऐतिहासिक–सामाजिक र सांरकृतिक विशिष्टता र नेपालको गौरवपूर्ण लोकसंस्कृतिमित्र रहेको ‘तामाङ्सेलो’ जस्तो लोकसंस्कृति झल्काउने लोकगीतको अर्थ, संरचनागत ढाँचा र यसले समाज र राष्ट्रप्रति देखाएको राष्ट्रभाव, प्रकृतिप्रेम र पयविरणको सुरक्षणमा कस्तो भूमिका खेलेको छ भन्ने विषयलाई केन्द्रित गरी शोध विवेचना गरिएको छ । भातवशास्त्री र पुरातत्वशास्त्रीहरुका अध्ययनले समेत तामाङ जातिको लोककला र लोकव्यवहारको स्थल काठमाडौँ उपत्यकाको वरिपरि भएपनि यसको प्रभाव अन्य स्थानमा सम्म पनि देखाइएको छ । तामाङ समाज र संस्कृतिमा देखिएका अनेकौँ लोक संस्कृति र लोकसभ्यताहरु आजको पश्चिमी संस्कृतिको प्रभावका कारण लोपोन्मुख अवस्थामा गइरहेका छन् । जसको संरक्षण र सम्बद्ध गर्नु मूल हेतुका साथ प्रस्तुत आलेख लेखिएको छ । यसमा अध्ययनको स्थलगत विधि प्रयोग गरी तयार पारिएको छ । यस आलेखमा अन्तर्वार्ता र उपत्यकाबाहिर रहेका सम्बन्धित विषयका सरोकार वालासँग गरिएको संवादबाट तयार पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
7

Downloads

Published

2024-12-20

How to Cite

शर्मा ब. (2024). तामाङ लोक संस्कृति र सेलो गीतको सूक्ष्म विश्लेषण. Voice: A Biannual &Amp; Bilingual Journal, 16(2), 159–168. https://doi.org/10.3126/voice.v16i2.72788

Issue

Section

Articles