मोहोर उपन्यासमा सङ्घर्षको खोजी
DOI:
https://doi.org/10.3126/voice.v16i2.72786Keywords:
मोहोर, रोट, बर्तन, सङ्घर्ष, गरनडाँडाAbstract
आख्यानको केन्द्र उपन्यास हो । उपन्यासमा मालामा उनिएका फूलहरुझैं कथावस्तु एकपछि अर्को कुतूहलतापूर्वक आउँछन् । कुतूहलता बढ्दै गई मूल कथावस्तु चरम अवस्थामा पुगेर समापनतिर झर्दछ । नाटक, महाकाव्यमा जस्तै उपन्यासमा पनि कथावस्तुलाई पाँच अर्थप्रकृति र पाँच कार्यावस्थालाई पञ्चसन्धिले जोडेर कथामा पाठकलाई डुबाउँदै आख्यानात्मक रसास्वादनका साथ अन्त्यसम्म जीवनका विविध पक्षहरुको सन्देश प्रवाहित गरिन्छ । उपन्यास सिङ्गो जीवनका महत्त्वपूर्ण पक्षहरुलाई उल्लेख गर्ने विधा भएकाले साङ्गोपाङ्गो जीवनको अभिव्यक्ति आउनु पर्दछ । प्रस्तुत मोहोर उपन्यासमा पनि उपन्यासका नायक बाको ८४ वर्ष लामो जीवनका महत्त्वपूर्ण घटनाहरुलाई उल्लेख गरिएको छ । यो उपन्यास सामाजिक यथार्थवादी धाराको मौलिक उपन्यास हो । यसमा घटित घटनाहरु लेखकका बाले आप्mनो जीवनमा भोगेका यथार्थ घटनाहरु हुन् । यसको अध्ययनपश्चात् तीन वर्षमा आमा, सात वर्षमा बुवा र दश वर्षमा एक मात्र अभिभावक हजुरबालाई पनि गुमाउनु परेको र जीवन सङ्घर्षका क्रममा अनेक दुख, पीडा र अपमान झेलेर पनि सफल बा, सफल पति, सफल अभिभावक बन्न सकेका शारीरिक रुपले एउटा खुट्टा कमजोर भए पनि सतिसालझैं उभिएका बाले भोगेका यावत् पक्षहरुको उपन्यासको विधातात्विक अध्ययनका साथै मोहोर उपन्यासमा बाको सङ्घर्षको खोजी गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Author
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.