‘खरबुजा’ कथामा अन्तर्विधात्मक प्रभाव

Authors

  • प्रदिपप्रसाद ज्ञवाली बुटवल बहुमुखी, क्याम्पस, बुटवल, त्रि.वि

DOI:

https://doi.org/10.3126/voice.v16i2.72775

Keywords:

अन्तर्विधात्मक प्रभाव, पङ्क्तिविन्यास, प्रयोगशील, बौद्धिक, स्वैरकल्पना

Abstract

'खरबुजा' प्रयोगशील र बौद्धिक कथाकार कुमार नगरकोटीद्वारा लिखित प्रयोगवादी कथा हो । । यो कथा कल्पग्रन्थ कथासङग्रहमा सङ्गृहीत छ । यसका लेखक हुन् । उनी मूलतः हुन् । विधागत रूपमा यो कथा विधाअन्तर्गत पर्छ तर यसमा कथाका विशुद्ध संरचक घटकहरूको पूर्ण उपस्थिति, व्यवस्थित संरचना र कथानकको आरम्भदेखि अन्त्यसम्मको शृङ्खला जस्ता विधागत स्वरूपको पूर्ण परिपालना गरिएको देखिन्न । यस कथामा निबन्ध, कविता र नाटकजस्ता आख्यानेतर विधाका विधातत्वको प्रभाव रहेको पाइन्छ । अन्तर्विधात्मक उपस्थितिले गर्दा यस कथाको कथात्मक परिचयलाई विस्थापन गरेर पृथक स्वरूप निर्माण भएको पाइन्छ । यस कथामा विचार र दृष्टिकोण प्रधान भएर आएको देखिन्छ । यसमा भाव, विचार र वा अनुभूतिलाई आख्यानीकरण गरेर प्रस्तुत गरिएको छ । विचार र कथानक दुवैलाई प्रस्तुत गर्न पात्र र परिवेश उपस्थित गराइए तापनि झिनो आख्यान र कथानकको विशृङ्खलताले कथाभन्दा पनि निबन्धात्मक झल्को दिएको पाइन्छ । यसमा निजात्मकता, विश्लेषणात्मक शैलीको प्रयोग, सुसंगठित एवं कसिलो संरचना विचारको प्रबलता आदिका कारणले निबन्धको अन्तर्विधात्मक प्रभाव रहेको कुरा पुष्टि हुन्छ । यसैगरी संरचना, पङ्क्तिविन्यास, मूर्त एवम् अमूर्त कलाको प्रस्तुति, विचारको सघनता, पदक्रम विचलन, बिम्ब संयोजन, अनुप्रास र लयात्मकता जस्ता अभिलक्षणहरूका कारणले यस कथामा कविता विधाको अन्तर्विधात्मक उपस्थिति र प्रभाव छ भन्ने कुरा पुष्टि हुन्छ भने स्वैरकल्पनाको प्रयोग, मञ्चविधान, दृश्यविधान, सम्वाद योजना आदि नाटकीय अभिलक्षणहरू पनि स्पष्ट रूपमा प्रयोग भएको देखिन्छ । त्यसैले यस कथामा अन्तर्विधात्मक प्रभाव रहेको पुष्टि हुन्छ । 

Downloads

Download data is not yet available.
Abstract
15
PDF
6

Downloads

Published

2024-12-20

How to Cite

ज्ञवाली प. (2024). ‘खरबुजा’ कथामा अन्तर्विधात्मक प्रभाव. Voice: A Biannual &Amp; Bilingual Journal, 16(2), 169–178. https://doi.org/10.3126/voice.v16i2.72775

Issue

Section

Articles