बाको चस्मा कथामा विश्वदृष्टि
DOI:
https://doi.org/10.3126/vangmaya.v21i1.74239Keywords:
उदीयमान पुस्ता, विद्यमान यथार्थ, विश्वदृष्टि, संरचनागत समानधर्मिता, सम्भावित यथार्थAbstract
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त्रीय अवधारणा हो । ‘बाको चस्मा’ कथामा प्रभुत्वशाली वर्ग, अधीनस्थ वर्ग तथा नव पुस्ताको प्रतिनिधित्व गर्ने उदीयमान पि“ढी वा समूहको उपस्थिति रहेको छ । कथामा तिनको विश्वदृष्टि के कसरी अभिव्यक्त भएको छ र त्यस्तो विश्वदृष्टि समाजका विभिन्न वर्ग र समूहको विश्वदृष्टिसँग समानधर्मी छ कि छैन ? भन्ने ज्ञासा यस लेखको प्रमुख समस्या हो । यस लेखमा समाजमा रहेको प्रभुत्वशाली वर्ग तथा त्यसको उत्पीडनमा परेको अधीनस्थ वर्ग र प्रतिरोधी चेतना बोकेको उदीयमान पिँढीको विश्वदृष्टि र संरचनागत समानधर्मिताको अवधारणालाई कथा विश्लेषणको मुख्य आधार बनाइएको छ । विभिन्न साक्ष्यहरूका
आधारमा कथामा उपस्थित प्रभुत्वशाली वर्गको चरित्र शोषणमुखी रहेको र शोषित वर्ग दमित अवस्थामा रहेको देखाउँदै उदीयमान पिँढीलाई परिस्थितिअनुरूप बदलिन सक्ने परिवर्तनशील चरित्रका रूपमा प्रस्तुत गरिएको छ । उक्त वर्गको विश्वदृष्टि पनि आ–आफ्नै वर्गीय चरित्रअनुकूल निर्माण भएको देखाइएको छ । कथा विश्लेषणका लागि निगमनात्मक विधि अपनाइएको छ । प्रस्तुत अध्ययन साहित्यिक अध्ययन भएकाले गुणात्मक प्रकृतिको रहेको छ । कथामा अभिव्यक्त विश्वदृष्टि र वर्तमान नेपाली समाजका विभिन्न वर्ग र पिँढीमा विकसित विश्वदृष्टिबिच संरचनागत समानधर्मिता पाइएको निष्कर्ष यस लेखमा निकालिएको छ ।