सारङ्गी बोकेको समुद्र कवितामा बिम्बविधान
DOI:
https://doi.org/10.3126/vangmaya.v19i01.59237Keywords:
दुरुह, नवीन बिम्ब, यौनबिम्ब, सम्प्रेषण, सांस्कृतिक बिम्बAbstract
मोहन कोइरालाको 'सारङ्गी बोकेको समुद्र’ कृतिमा अन्तर्निहित बिम्बात्मक प्रयोगको पहिचान गर्नु नै यस अध्ययनको उद्देश्य हो । यही उद्देश्यलाई पूरा गर्नका लागि प्रस्तुत अध्ययनमा उल्लिखित कृतिभित्र प्रयुक्त बिम्बहरूको प्रकृति खोजी गरिएको छ । यस अध्ययनलाई पूर्णता दिनका लागि पुस्तकालयीय कार्यबाट सामग्रीको सब्कलन गरिएको छ भने सामग्री विश्लेषणका लागि बिम्ब विश्लेषणका सैद्धान्तिक अवधारणाहरू प्रस्तुत गरी तिनीहरूमध्ये यौनबिम्ब, सांस्कृतिक बिम्ब र प्राकृतिक बिम्ब गरी तीनवटा आधार तयार पारिएको छ । यी तीन आधारमा विश्लेषण गर्दा सोद्देश्यमूलक विभिन्न कविताका विशिष्ट पब्क्तिहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गरिएको छ । यसरी अध्ययन गर्दा मोहन कोइरालाको 'सारङ्गी बोकेको समुद्र’ कृतिमा नवीन बिम्बको अधिक प्रयोग भएको पाइन्छ । यसो हुनुमा प्रयोगधर्मी कविको काव्यगत प्रवृत्ति नै मुख्य रहेको देखिन्छ । यस कृतिमा प्रयोग भएका बिम्ब कथ्य विषयसँग झिनो मात्रामा समानता राख्ने किसिमका छन् । यस्तो झिनो सम्बन्धलाई कतिपय पाठकले पहिचान गर्न नसक्ने र पहिचान गरे पनि साधारणीकरण गर्न समस्या पर्ने देखिन्छ । मोहन कोइरालाको यसै प्रवृत्तिलाई आधार मानी धेरै समालोचकले उनलाई दुरुह कविको संज्ञा पनि दिएका छन् । बिम्बहरूको अधिक प्रयोग र यस्ता बिम्बको कथ्य विषयसँगको झिनो सम्बन्ध भएबाट यस सब्ग्रहका कविता बुझ्न अलि कठिन भए पनि भाव बुझेपछि भिन्न र विशिष्ट किसिमको अर्थोद्घाटन गर्ने किसिमका छन् । यस अध्ययनबाट 'सारङ्गी बोकेको समुद्र’ कृतिभित्रका कवितामा नवीन, अप्रचलित र कथ्य विषयसँग झिनो सम्बन्ध भएका बिम्बको प्रयोग भएको र यस्तो प्रयोगका कारण यो काव्य विशिष्ट र सम्प्रेषणगत दुरुह भएको निष्कर्ष निकालिएको छ ।