'सफा हिमाल अभियान'मा नेपाली सेनाको भूमिका

Authors

  • गजेन्द्र बहादुर बस्नेत Journalist

DOI:

https://doi.org/10.3126/unityj.v6i1.75702

Keywords:

नेपाली सेना, हिमाल, पर्यटन, फोहोर संकलन, तालिम प्राप्त फौज, प्रकृति संरक्षण, पर्यावरणीय असर

Abstract

हिमालयको देश भनेर विश्वमै परिचित नेपालमा सर्वोच्च शिखर सगरमाथाका साथै आठ हजार मिटरभन्दा अग्ला आठ र छ हजारमाथिका १ हजार ३१० हिमाल छन् । यी हिमालमा सन् १९५० को दशकदेखि आरोहण सुरु भए यता क्रमिक रुपमा फोहोर थुप्रिदै जाँदा प्राकृतिक सुन्दरता बिग्रन थालेको छ । पर्यावरणको दृष्टिले संवेदनशील हिमालमा थुप्रिएको फोहोरको असर कम गर्न र सुन्दर हिमाललाई सुन्दर नै राखिराख्न सरकारले सन् २०१९ देखि ‘सफा हिमाल अभियान’ सुरु गर्‍यो । नेपाली सेनाको नेतृत्व र विभिन्न सरकारी, गैरसरकारी संघ संस्थाहरुसँगको सहकार्यमा थालिएको अभियानको पाँचौ“ संस्करण सकिँदासम्म १ लाख १९ हजार ५६ के.जी. फोहोर, १४ वटा मानव शव तथा केही अस्थिपञ्जर सङ्कलन गरिएको छ । अभियानका दौरान सेनाको योगदानलाई अझै कसरी परिष्कृत बनाउन सकिन्छ भन्ने अनुसन्धान गर्न यो अध्ययन गरिएको हो । प्राथमिक र द्वितीय स्रोतबाट संकलित तथ्याङ्कलाई विश्लेषण गरी तयार पारिएको यो लेख वर्णनात्मक, तुलनात्मक र गुणात्मक विश्लेषण शैलीमा आधारित छ । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रकाशन, सेना तथा अन्य सरकारी निकायका सामग्री/दस्तावेज र प्रत्यक्ष कुराकानीका आधारमा अध्ययन गरिएको छ । यसमा ‘सफा हिमाल अभियान’को इतिहास, अभियानमा  सेनाले सम्पादन गरेका कार्यहरुको समीक्षा, हिमालको अवस्था, जलवायु तथा पर्यावरणीय असर, पर्यटनमा पार्ने प्रभावहरु समेटिएका छन् । सेनाको तालिमप्राप्त जनशक्ति र कुशल कार्यक्षमताकै कारण कठिन क्षेत्रबाट पनि फोहोर तथा शव संकलन र अभियानमा अपनाइएको संयुक्त व्यवस्थापनको मोडल सबल पक्ष देखिन्छ भने ‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७०’मा तोकिए अनुसार फोहोरको मुहान नियन्त्रण हुन नसक्नु कमजोर पक्ष देखिन्छ । सेनाको कुशल व्यवस्थापनका कारण अभियानपछि हिमाल सफाइमा केही हदसम्म टेवा पुगेको छ । तर फोहोरको मुहान खुल्ला राखेर गरिने सफाइले दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गर्न कठिन देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
21
pdf
45

Downloads

Published

2025-02-25

How to Cite

बस्नेत ग. ब. (2025). ’सफा हिमाल अभियान’मा नेपाली सेनाको भूमिका. Unity Journal, 6(1), 359–372. https://doi.org/10.3126/unityj.v6i1.75702

Issue

Section

Articles