राष्ट्रिय सुरक्षामा समुदायको भूमिका
DOI:
https://doi.org/10.3126/unityj.v6i1.75701Keywords:
अन्तश्चक्षु, ऋचा, अजेय, आयाम, अवयवAbstract
नेपालको इतिहासमा राष्ट्रिय सुरक्षाका सन्दर्भमा समुदायको भूमिका प्राचीनकालदेखि महत्वपूर्ण रहेको पाइन्छ । जुन समय चलनचल्तीमा रहेका धर्मशास्त्रका स्तुति, श्लोक, ऋचालगायतका मूल्य–मान्यता र आस्थालाई कानुन मानेर जनमुखी व्यवस्था कायम भएको देखिन्छ । राज्य जनतालाई सुखी र सम्पन्न बनाउने इरादाले शासन, न्याय एवम् अधिकार दिने परम्परानुसार अगाडि बढेकाले राष्ट्रिय सुरक्षालाई खल्बल्याउन सक्ने आन्तरिक तथा बाह्य आक्रमण रोक्न हिजो र आजको समुदायले पुर्याएको योगदानको खोजी गर्नु आलेखको प्रमुख उद्देश्य हो । अनुसन्धानको पूर्णताका लागि विषयवस्तुको प्राथमिक स्रोत समुदायलाई मानेर राष्ट्रिय सुरक्षाबारेका लेखन, अध्ययन–अनुसन्धान, विश्लेषणलाई द्वितीय स्रोत सामग्रीका रूपमा लिएर पुस्तकालयमा उपलब्ध अध्ययन सामग्रीलाई सामग्री सङ्कलनको स्रोत मानिएको छ । विद्वान्का चिन्तन एवम् दृष्टिकोणलाई सैद्धान्तिक आधार बनाई गुणात्मक विधिको प्रयोग गरिएको आलेख सूक्ष्म पठन तथा विश्लेषणात्मक ढाँचामा अनुबन्धित छ । राष्ट्रिय सुरक्षामा समुदायको भूमिकाबारे प्राज्ञिक अनुसन्धान प्रयाप्त नभएकाले त्यसको पुष्टि हुँदा सरोकारवालालाई पृष्ठपोषणका साथै मार्गदर्शन हुने देखिएबाट आलेखको औचित्यसहितको महत्व स्पष्ट हुन्छ । समुदाय क्रान्ति र शान्ति चेतनासहित मार्गदर्शक बनेर विविध आयाममा राष्ट्र तथा राष्ट्रियताको पहिचान जाज्वल्यमान बनाउन लागिरहेको अनुसन्धानबाट देखिएका तथ्य हुन् । अन्धकारबाट उज्यालोतर्फ, दमनबाट स्वतन्त्रतातर्फ डोर्याउन सक्ने समुदायको शक्ति अजेय हुने भएकाले समुदायले हिजो निभाएका तथा भोलि पुर्याउन सक्ने सामथ्र्य एवम् सीमाको अन्तचक्षु नै अनुसन्धानको निष्कर्ष रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
The articles rest within the authority of the Nepali Army. Only with the Nepali Army's prior permission, can any article in whole or in part from this journal shall be reproduced in any form.