'शहीद' कथामा करुण रस
DOI:
https://doi.org/10.3126/tribj.v3i1.70819Keywords:
अङ्ग रस, आलम्बन परिपाक, विभाव, व्यभिचारीभाव, साधारणीकरणAbstract
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा करुण रसको पहिचान गर्नु यस अध्ययनको मूल शोध्य तथा प्राज्ञिक समस्या हो । शहीद कथालाई स्थापित सिद्धान्तका आधारमा सघन पाठविश्लेषण विधिअनुरुप सूक्ष्म र सन्दर्भपरक अध्ययनसमेत गरिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । विभिन्न भावयुक्त घटनाहरूको संयोजनद्वारा रसको परिपाक तथा साधारणीकरण हुने भएकाले अध्ययनको आधार रस सिद्धान्तलाई बनाइएको हो । यस लेखमा करुण रसको अभिव्यक्तिका निम्ति विभाव, अनुभाव र व्यभिचारी भावहरूको संयोजन के कसरी भएको छ भन्ने पक्षको विश्लेषण गरी करुण रसलाई अङ्गी र वीर तथा बीभत्स रसलाई अङ्ग रसको रूपमा चित्रण गरिएको छ । यसै व्रmममा करुण रसलाई परिपाकमा पु¥याउन अङ्ग रसहरूले खेलेको भूमिकालाई समेत स्पष्ट पारिएको छ । प्रस्तुत कथामा आफ्ना सम्पूर्ण निजी समस्यालाई थाती राखेर नेपाल र नेपालीका निम्ति शहीद हुने प्रमुख पात्र वीरबहादुरको साहुले घरजग्गा बन्धकमा लिनु, छोरो मरेको वर्षदिन नहुँदै वीरबहादुरको पनि मृत्यु हुनु, म पात्रले वीरबहादुरकी श्रीमती डल्लीलाई चिठी पनि कसरी लेखिदिऊँ, उनीसँग व्रिmया गर्ने पैसा पनि छैन होला भन्दै भक्कानिएर आँखाबाट आँसु झार्नु जस्ता कथ्य सन्दर्भबाट करुण रसको परिपाक भएको र वीरबहादुरले गरेका कार्य, उसको स्थिति, सोचाइ र उसप्रति गलत व्यक्तिहरूले गरेका व्यवहारले करुण रसको परिपाकका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको अवस्थाको चित्रणले करुण रसलाई परिपाकमा पु¥याएको निष्कर्ष प्राप्त भएको छ ।