'तिम्रो लोग्ने र म' कथामा विद्रोही नारीवादी चेतना

Authors

  • शंकरप्रसाद Shankarprasad गैरे Gaire त्रि.वि., त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/tribj.v3i1.70817

Keywords:

पितृसत्ता, लैङ्गिक चेतना, विद्रोह, वेश्या, शोषण

Abstract

तिम्रो लोग्ने र म कथा मुना चौधरीद्वारा लेखिएको हो । यो लेख प्रस्तुत कथामा अन्तर्निहित नारीवादी चेतनाको विश्लेषणमा केन्द्रित रहेको छ । पुरुषप्रधान समाजमा प्रत्यक्ष परोक्ष रूपमा विभिन्न व्यवहार र क्रियाकलापका माध्यमबाट नारीलाई अपमान गर्ने र दोस्रो दर्जामा राख्ने प्रयत्न गरिएको पाइन्छ । आजका नारीले यसप्रकारको अपमान सहेर बस्नु हुँदैन । आफ्नो हक र अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने भाव प्रकट भएको प्रस्तुत कथामा नारीको विद्रोही स्वर अभिव्यक्त भएको पाइन्छ । आर्थिक दृष्टिले कमजोर भए पनि चेतनाले नारीलाई विद्रोही बनाउँछ भन्ने दृष्टिकोण प्रस्तुत गरिएको यो कथा विद्रोही नारीवादी चेतनाका दृष्टिले महत्त्वपूर्ण रहेको छ । उत्तरआधुनिक समालोचनामा नारीवादी सिद्धान्तका समन्वयवादी र विद्रोही दुई स्वरूप देखिएका छन् । यस कथामा नारीको विद्रोही चेतनालाई प्रस्तुत गरिएकाले तिम्रो लोग्ने र म कथामा विद्रोही नारीवादको केकस्तो स्वरूप पाइन्छ ? भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर अध्ययनलाई अगाडि बढाइएको छ । अध्ययनको मुख्य स्रोत सामग्रीका रूपमा मुना चौधरीको तिम्रो लोग्ने र म कथालाई चयन गरिएको छ भने पुस्तकालय स्रोतका आधारमा द्वितीय स्रोत सामग्रीको प्रयोग गरी अध्ययनलाई अगाडि बढाइएको छ । यस अध्ययनलाई सम्पन्न गर्न गुणात्मक अध्ययनअन्तर्गत व्याख्यात्मक विश्लेषणात्मक अध्ययनविधिलाई अवलम्बन गरिएको छ । विद्रोही नारीवादी चिन्तनका दृष्टिले विश्लेष्य कथा सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
72
PDF
46

Downloads

Published

2024-10-20

How to Cite

शंकरप्रसाद Shankarprasad गैरे Gaire. (2024). ’तिम्रो लोग्ने र म’ कथामा विद्रोही नारीवादी चेतना. Tribhuvan Journal, 3(1), 128–136. https://doi.org/10.3126/tribj.v3i1.70817

Issue

Section

Articles