नेपालको सन्दर्भमा आर्थिक उदारीकरण र परनिर्भरताको विकास, एक दृष्टिकोण {Economic liberalization and development of dependency in the context of nepal, an perspective}
DOI:
https://doi.org/10.3126/taj.v3i1.71986Keywords:
आर्थिक उदारीकरण, निजीकरण, परनिर्भरता, वैदेशिक व्यापार, विप्रेषणAbstract
प्रस्तुत लेख आर्थिक उदारीकरणपछि (२०४८/४९) नेपालको वैदेशिक व्यापार र विप्रेषणको अन्तरप्रवाहमा लुप्त परनिर्भरताको पुनरावलोकनमा केन्द्रित छ । उदार अर्थ नीतिले नेपालको अर्थतन्त्रमा पारेको प्रभावलाई वैदेशिक व्यापार र विप्रेषण आप्रवाहको माध्यमबाट मूल्याङ्कन गरिएको छ । नेपालको वैदेशिक व्यापार सन्तुलन, विप्रेषण आप्रवाह र परनिर्भरतालाई प्रमुख घटकहरूको रूपमा चयन गरी व्यापार सन्तुलन र विप्रेषण आप्रवाहको प्रवृत्तिलाई परनिर्भरताको दृष्टिकोणबाट पुनरावलोकन गरिएको छ । विभिन्न श्रोतहरूबाट सङ्कलन गरिएका सहायक र अनुभवजन्य तथ्यहरूको प्रयोगद्वारा उदारीकरण, आयात, विप्रेषण र परनिर्भरता बिचको अन्तरसम्बन्धको व्याख्या बर्णनात्मक विश्लेषण धारणा भित्र रहेर गरिएको छ । पछिल्ला वर्षहरूमा नेपालको विप्रेषण आय नाटकीय ढङ्गबाट वृद्धि भइरहेको छ भन्ने तथ्य कूल घरेलु उत्पादनमा यसको योगदान बढ्दै जानुले स्पष्ट गर्दछ । कूल घरेलु उत्पादनमा यसको योगदान बढ्दै जानुले नेपाली समाजको निष्क्रिय अथवा अनुत्पादक आयस्तरमा वृद्धि भइरहेको छ भन्ने प्रमाण छ । सिद्धान्ततः देशको आयस्तरमा वृद्धिले आयातको स्तरलाई वृद्धि गर्न सहयोगी भूमिका निर्वाह गर्दछ । नेपालमा विप्रेषणमा भइरहेको निरन्तरको वृद्धिले उर्जावान युवा/युवतीहरूको बाह्यप्रवाहमा उत्साहजनक वृद्धि भइरहेको प्रमाणित हुन्छ । फलतः ग्रामीण कृषि क्षेत्रमा श्रम आपूर्तिमा न्यूनता भै आन्तरिक उत्पादनमा व्यापक कटौती, सहर केन्द्रित बसोबासमा वृद्धि, आन्तरिक श्रम संस्कृतिमा ह्रास, निष्क्रिय विप्रेषणमुखी उपभोग प्रवृत्तिमा वृद्धि, हाम्रो आधारभूत उपभोगमा समेत आधुनिक र बाह्य बस्तुहरूको बाहुल्यताले अर्थतन्त्रको आयात परिमाण निर्यातको तुलनामा कहाली लाग्दो ढङ्गले वृद्धि भइरहेको तथ्य उजागर हुन्छ । उल्लिखित तथ्यहरूले हाम्रो अर्थतन्त्र उपभोग केन्द्रित अर्थतन्त्रतर्फ सङ्क्रमण भइरहेको छ र यो कृषिमा आधारित अर्थतन्त्रबाट विप्रेषणमा आधारित अर्थतन्त्रमा रूपान्तरण भइरहेको छ । यस लेखले नेपालमा २०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन र सो पछिका राज्य सत्ताले अवलम्बन गरेका उदार अर्थनीतिका कारण वर्तमानका वर्षहरूमा देशको आन्तरिक बजार उच्च दरले परनिर्भर बनिरहेको निस्कर्ष निकालेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Triyuga Janata Multiple Campus
This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
© Triyuga Janata Multiple Campus