कृष्ण सेन ‘इच्छुक’ को ‘तिम्रो र हाम्रो संसार’ कवितामा वर्गीय चेतना {Class consciousness of Krishna Sen Ichchhuk's poem 'Your and Our World'}
DOI:
https://doi.org/10.3126/taj.v3i1.71984Keywords:
साम्यवाद, सामन्तवाद, सर्वहारावर्ग, भौतिकवाद, वर्गसिद्धान्तAbstract
साहित्यिक तथा सांस्कृकि क्षेत्रका सहिद कृष्ण सेन इच्छुक (२०१३–२०५९) प्रगतिवादी कवि हुन् । शोषित पीडितका पक्षधरतामा कलम चलाउने कवि इच्छुकको तिम्रो र हाम्रो संसार कवितामा अन्तर्निहित वर्ग चेतनालाई मार्क्सवादी सैद्धान्तिक पर्याधारमा आधारित भई विश्लेषण गरिएको छ । मार्क्सवाद ज्यादै फराकिलो दर्शन भएको र त्यसका सबै पक्षमा आधारित भई कविता विश्लेषण सम्भव नभएकाले यस लेखमा मार्क्सवादको वर्गद्वन्द्वलाई मात्र केन्द्रमा राखी विश्लेषण गरिएको छ । कविताले मालिक र मजदुर वर्गका वास्तविकतालाई चित्रण गर्नुका साथै शोषित पीडित मजदुर र मालिक वर्गको जीवनमा व्यापक भिन्नता भएकाले शोषित पीडित मजदुर–किसानसँग मुक्तिका लागि क्रान्ति र सङ्घर्षको विकल्प नभएको निष्कर्ष निकाल्दै संसारका मजदुर एकजुट भएर क्रान्तिमा लाग्न प्रेरित गरेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Triyuga Janata Multiple Campus
This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
© Triyuga Janata Multiple Campus