नेपाली भाषा शिक्षकको पेशागत बिकासमा विश्वब्यापीकरण
DOI:
https://doi.org/10.3126/ta.v5i1.77392Keywords:
नेपाली भाषा शिक्षक, पेसागत विकास, विश्वव्यापीकरण, विषयवस्तु, शिक्षण सामग्रीAbstract
प्रस्तुत अनुसन्धान नेपाली भाषा शिक्षकको पेसागत विकासमा विश्वव्यापीकरण शीर्षकमा केन्द्रित रहेको छ । यो लेख गुणात्मक ढाँचामा आधारित छ । यसमा नेपालको ग्रामीण क्षेत्र कालिकोटदेखि सहरी क्षेत्र हुँदै राजधानीलाई लिएर तराईलाई समेत समेटेर अध्ययन गरिएको छ । कालिकोटदेखि तराईसम्मका प्रतिनिधिमूलक चार विद्यालयका चार जना नेपाली भाषा शिक्षकहरूलाई सोद्देश्यमूलक सहभागी छनोट विधिबाट अन्तर्वार्ता लिएको छ । चार जना शिक्षकको अन्तर्वाताबाट नेपाली भाषा शिक्षकको पेसागत विकासलाई विश्वव्यापीकरणसँग जोडेर यो अध्ययनलाई अगाडि बढाइएको छ । मानिस, वस्तु, पुँजी, विचार, संस्कृति, श्रम, सिप, सिर्जना, प्रविधि आदि कुनै निश्चित ठाउँ वा क्षेत्रबाट एक अर्को ठाउँसम्म वा विश्वभर नै प्रयोगगत हिसाबले परिचालित हुने प्रक्रिया नै विश्वव्यापीकरण हो । यस अध्ययनलाई दुई साझा थिममा अन्तर्वार्तालाई आगमन पद्धतिसँग जोडेर व्याख्या र विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षकको पेसागत विकासमा विश्वव्यापीकरणको प्रयोगलाई विषयवस्तुका आधारमा र शैक्षिक सामग्रीको आधारमा यसको प्रयोगलाई निरूपण गर्नु प्रस्तुत अनुसन्धानात्मक लेखको उद्देश्य रहेको छ । जहाँ जहाँ प्रविधि पुगेको छ त्यहाँ त्यहाँ विद्यार्थीहरूको सक्रियता बढ्नुका साथै नेपाली भाषा शिक्षकले पेसागत विकासमा आफूलाई विश्वव्यापीकरणसँग जोडिएर भाषिक सिपको विकास गरेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.