पासो कथाको अभिघात विश्लेषण

Authors

DOI:

https://doi.org/10.3126/ta.v5i1.77389

Keywords:

अभ्याहत, आघात, जलन, तनाव अव्यवस्था, ध्वंसात्मक, प्रस्थान

Abstract

प्रस्तुत लेख माया ठकुरीको ‘पासो’ कथाको अभिघात विश्लेषणमा आधारित छ । यसमा मूल समस्याको समाधानका लागि कथामा देखिएको पूर्व अभिघात अवस्था, अभिघातका घटना र कारण तथा उत्तर अभिघात अवस्था जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार अभिघात समालोचनाअन्तर्गत क्याथी क्यारुलको अन्क्लेइम्ड एक्स्पेरिएन्स ः ट्रमा न्यारेटिभ एन्ड हिस्ट्री (१९९६) कृतिमा प्रस्तुत सिद्धान्त रहेको छ । व्यक्तिको जटिल मानसिक स्वास्थ्यसम्बद्ध विषय रहँदारहँदै पनि अभिघात सिद्धान्तलाई अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहजै अङ्गीकार गरेको छ । समालोचनाका क्षेत्रमा अभिघात समाजमा राजनीतिक वा सांस्कृतिक तथा व्यक्तिगत वा मनोवैज्ञानिक कारणबाट पात्रमा सिर्जित तनाव र विच्छिप्तावस्थाका आधारमा कृतिको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका पूर्व अभिघातको स्वरूप, अभिघात अवस्थाका घटना र कारण तथा अभिघातपश्चातको असन्तुलित स्थितिको खोजी गरी तिनको मनोवैज्ञानिक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । कुलत र आफैँले निम्त्याएको सामाजिक पारिवारिक दुर्घटनाबाट सिर्जित मानसिक चोटले पु¥याएको चेतनाको क्षति चित्रण गरिएको प्रस्तुत कथामा पात्र आफ्नो जीवनको सामान्य दैनिकीबाट कुटिलता र जालझेलतर्फ प्रस्थान गरेकै कारण अभ्याहत बनेको देखिन्छ । ‘पासो’ कथाको अभिघात विश्लेषणअन्तर्गत यस लेखमा पूर्वअभिघात अवस्था, अभिघातका घटना र कारण तथा उत्तर अभिघात अवस्थाको विश्लेषणका माध्यमबाट कथा अभिघातका चरण प्रकटीकरणका दृष्टिले नियमितताको समुचित निर्वाह गर्दै सोही अनुरूपका घटनाक्रम र पात्रको मनोदशा चित्रण गर्न सफल रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

Sharma, B. (2025). पासो कथाको अभिघात विश्लेषण . THE ACADEMIA, 5(1), 308–316. https://doi.org/10.3126/ta.v5i1.77389

Issue

Section

Research Articles