नेपालको माओवादी जनयुद्ध र किरात राई समुदाय

Authors

  • Parbat Kumar Rai भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/ta.v5i1.77388

Keywords:

स्वायत्तता, पहिचान, गणतन्त्र, संघीयता, बलिदान

Abstract

बि.सं. २०४६ सालको जनआन्दोलनबाट स्थापना भएको बहुदलीय संसदीय राजनीतिक प्रणाली अन्तर्गत बि.सं. २०४८ सालमा सम्पन्न संसदीय निर्वाचन मार्फत ९ वटा संसद सदस्यमा बिजय हासिल गरेर संसदीय राजनीतिक प्रणालीमा सहभागी भएको तत्कालीन राष्ट्रिय जनमोर्चा बि.सं. २०५२ देखि भूमिगत भएको हो । उक्त जनमोर्चा भूमिगत मात्र भएन बरु ने.क.पा. माओवादीको नामबाट सशस्त्र जनयुद्धमा समेत प्रबेस गर्यो । तत्कालीन श्री ५ को सरकारको नेतृत्व गरिरहेका शेरबहादुर देउवा समक्ष ४२ बुँदे राजनीतिक, सामाजिक र आर्थिक  मागपत्र पेश  गर्दै माग पुरा गर्न समयसीमा तोकेर आन्दोलनको संकेत गरेको माओवादी पार्टीले बि.सं. २०५२ फाल्गुन १ गतेबाट सशस्त्र आन्दोलन शुरु गरेको थियो । उक्त जनयुद्धमा नेपालका आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायका मानिसहरु अत्यधिक संख्यामा सहभागी भए । आदिवासी  जनजातिमध्ये एक किरात राई समुदायका मानिसहरु किन माओवादी सशस्त्र जनयुद्धमा सहभागी भए ? यो बिद्यमान एउटा मुख्य प्रश्न हो । माओवादी जनयुद्धमा उठाइएका मुद्धाहरु र बर्तमान अवस्थामा के भिन्नता छ ? यो  दोश्रो प्रश्न हो । यिनै प्रश्नहरुको उत्तर खोज्नु यस लेखको मुल उद्देश्य हो । बर्णनात्मक ढाँचामा तयार  गरिएको यो लेख गुणात्मक रुपमा प्रस्तुत गरिएको छ । द्वितीय श्रोतबाट प्राप्त तथ्याङ्कहरुको अधिकतम  उपयोग गरिएको यो लेखमा एपिए फम्र्याटको सातौ भर्सन अनुसरण गरिएको छ । मुद्धाका हिसाबले जनयुद्धमा सामेल भएका समुदायलाई निरन्तर गोलबन्द गरिरहनका लागि जनयुद्धका समयमा उठाइएका तर थाती रहेका राजनीतिक, सामाजिक र आर्थिक मुद्धाहरु उठाउँदै पुन संगठित हुने र आन्दोलनलाई  निरन्तरता दिने अबको कार्यभार बनाइनु पर्दछ भन्ने यो लेखको निष्कर्श हो ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

Rai, P. K. (2025). नेपालको माओवादी जनयुद्ध र किरात राई समुदाय . THE ACADEMIA, 5(1), 295–307. https://doi.org/10.3126/ta.v5i1.77388

Issue

Section

Research Articles