स्नातक तहमा नाटक शिक्षणप्रति शिक्षकका अनुभब
DOI:
https://doi.org/10.3126/ta.v5i1.77387Keywords:
अभिनयमूलक, मञ्चन, रङ्गमञ्चीय कला, विचारको प्रस्तुतीकरण, संवादात्मक संरचनाAbstract
नाटक साहित्यका श्रव्य र दृश्य भेदमध्ये दृश्यकाव्यअन्तर्गत रहेको हुन्छ । यसमा घटना, परिवेश र पात्रको गतिविधिअनुसार अङ्क र दृश्यहरूको व्यवस्थापन गरिएको हुन्छ । यसलाई अभिनय, गायन तथा नृत्यलाई जोडेर प्रस्तुत गरिन्छ । यो दृश्य संरचनामा ढालेर प्रस्तुत गरिने संवादात्मक वा अभिनयात्मक दृश्यविधा हो । यो प्रदर्शनमैत्री, अभिनयमैत्री तथा दृश्यात्मक विधा हो । प्रस्तुत लेखको उद्देश्य स्नातक तहमा नाटक शिक्षणप्रति शिक्षकका अनुभव पहिचान गरी विश्लेषण गर्नु रहेको छ । यस लेखमा रुपन्देही जिल्लामा रहेका क्याम्पसमा नेपाली विषय अध्यापन गर्ने दुई दुई जनाका दरले दशजना शिक्षकलाई सहभागी गराइएको छ । यसक्रममा नेपाली विषय शिक्षकसँग भेटघाट तथा अन्तरवार्ताद्वारा तथ्य सङ्कलन गरिएका छन् । उक्त तथ्यहरूलाई गुणात्मक अनुसन्धानको ढाँचाअनुसार स्नातक तहमा नाटक शिक्षणप्रति शिक्षकका अनुभवको विश्लेषण गरिएको छ । यस लेखमा आवश्यक सामग्री पुस्तकालयीय कार्यबाट सङ्कलन गरी सम्बन्धित सैद्धान्तिक ग्रन्थलाई स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ । शिक्षकका शिक्षण अनुभवअनुसार नाटक शिक्षणलाई सम्बद्घ विषयवस्तु तथा भाषाशिक्षणको सिकाइसँग जोड्नु आवश्यक हुन्छ । यसका लागि विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी नाटकका विषयवस्तु छनोट र स्तरण गर्नुपर्दछ । यस लेखमा कक्षाको परिस्थिति, नाटक सम्बद्घ विषयवस्तुको गहनता तथा विद्यार्थीका स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि र प्रक्रिया अँगाल्न सकिने शिक्षकका अनुभव रहेको निचोड निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.