बुद्धको संघमा प्रबज्जित अनुयायीहरुको पहिरनको नालीबेली

Authors

  • ChandraKala Ghimire बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रि. वि. कीर्तिपुर

DOI:

https://doi.org/10.3126/ta.v5i1.77386

Keywords:

पाशंकुल, भिक्षुणी, भिक्षु, त्रि–चीवर, चीवर– विनय

Abstract

बुद्धधर्ममा प्रब्रज्जितहरूले लगाउँने तीनवटा मुख्य कपडाहरूको एक सेटलाई चीवर भनिन्छ । एक सेट चीवरमा अन्तरवासक, उत्तरासंघ र संघाटी गरि तीनवटा कपडाहरूको रहेका हुन्छन् । चीवर सिङ्गो कपडालाई बर्गाकार, आयताकार, गोलाकार र पट्टीहरु जस्ता बिभिन्न आकारमा काटेर जोडेर मानक चीवर सिलाउँने परम्परा रहेको छ । एक ब्यक्तिको लागि कम्तीमा तीनबटा चीवरको आवश्यकता हुन्छ भन्ने बिषय परिक्षणको आधारमा तय गरिएको थियो । चीवरको आधिकारीक खाकाको उत्पत्तिको मगध राज्यको उर्वर भुमी धानखेत सँग जोडिएको पाईन्छ । बुद्धको सङ्घको स्थापनाको पहिलो बीस बर्षसम्म सङ्घमा कस्तो चीवरहरू लगाउँने भन्ने बिषयको खास नियम बनेको देखिदैन । यो बेलासम्म गृहपति चीवर वा गृहस्थले दिएका चीवरहरू लगाउँने चलन नभएकोले बुद्ध लगाएत सवै भिक्षुहरूले पाशंकुल चीवर लगाउँने गर्दथे । पाशुकुल चीवर भनेको सडक, श्मसान, रछ्यान आदीमा फालिएको वस्त्र जम्मा गरी कुहिएको भाग फाली बाँकी भागबाट तयार गरिएको चीवर हो । समयको बिकाससँगै प्राप्त गर्ने तरिका र आसय अनुसार चीवर पनि बिभिन्न्न वर्गमा बिभाजन गरिएको पाईन्छ । यसको रङ्ग पहेलोमा हल्का रातो, केशरको जस्तो पहेलोे, बर्गन्डी, गाढा मरून र केशर रङ्गलाई बिनय पीटकमा आधिकारीक रङ्ग मानिएको पाईन्छ । आफ्नो शरीरको नाप अनुसार चीवर लगाउँन पाईन्छ तर बुद्धको चीवर भन्दा बृहत् आकारको चीवर अरु प्रब्रज्जितको हुनुहुदैन । चिवर प्राप्त गर्ने, यसको ब्यवस्थापन, लगाउँने बिधि आदी बिषयमा विनय पीटकमा राम्रो सँग उल्लेख गरिएको छ । बुद्धधर्ममा निर्वस्त्र हुनु निषेध गरिएको छ त्यसैले बिधिमा रहेर पहिरनको प्रयोग आवश्यक रहन्छ । पाराजिका विनय लागेमा चीवर धारण गर्ने अवस्थाबाट च्युत गरी बौद्धसङ्घबाट निस्कासन गरिने प्रावधान रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

Ghimire, C. (2025). बुद्धको संघमा प्रबज्जित अनुयायीहरुको पहिरनको नालीबेली. THE ACADEMIA, 5(1), 273–285. https://doi.org/10.3126/ta.v5i1.77386

Issue

Section

Research Articles