सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
DOI:
https://doi.org/10.3126/sss.v24i1.75389Keywords:
मातृभाषा, दोस्रोभाषा, भाषिक प्रयोग, भाषिक विविधता, भाषापरिवारAbstract
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्रस्तुत लेखको प्रमुख उद्देश्य सुदूरपश्चिम प्रदेशमा प्रयोगमा रहेका भाषाको अवस्था उल्लेख गरी वर्गीकरण गर्नु हो । परिमाणात्मक ढाँचामा तयार पारिएको यस लेखको प्रस्तुति वर्णनात्मक प्रकृतिको छ । यस लेखमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट भाषिक तथ्याङ्क मुख्य सामग्री बनेका छन् । त्यस्तै भाषा आयोग एवम् सम्बद्ध विभिन्न स्रोत सामग्रीबाट समेत सूचना सङ्कलन गरिएको छ । प्रस्तुतिलाई सरल एवम् बोधगम्य बनाउन तथ्यलाई तालिका तथा चित्रमा प्रस्तुत गरी वर्णन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ७२ ओटा भाषा प्रयोगमा रहेको पाइएको छ । उक्त प्रदेशमा पाँच भाषाका वक्ता एक लाखभन्दा बढी सङ्ख्यामा रहेका छन् । दश हजारदेखि एक लाखसम्म वक्तासङ्ख्या भएका भाषाको सङ्ख्या छओटा र दश हजारभन्दा कम वक्तासङ्ख्या भएका भाषाहरू ६१ ओटा रहेका छन् । उक्त प्रदेशमा नेपालीबाहेकका अधिकांश मातृभाषी वक्ताले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा उपयोग गर्दछन् । सुदूरपश्चिम प्रदेशमा ५१ भाषाहरू दोस्रो भाषाको रूपमा प्रयोग भएको पाइन्छ । उक्त प्रदेशमा प्रचलित कुल ७४ पुर्खाका भाषामध्ये डोटेली, बैतडेली, थारू, अछामी, बझाङी, नेपाली, दार्चुलेली, बाजुरेली भाषालाई पुर्खाको भाषाका रूपमा प्रयोग गर्नेहरूको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ । सुदूरपश्चिम प्रदेशमा भारोपेली भाषापरिवार, चिनियाँतिब्बती भाषापरिवार र द्रबिडेली भाषापरिवार गरी तीनओटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । यस प्रदेशमा भारोपेली भाषापरिवारका वक्ताको बाहुल्य छ । निर्दिष्ट प्रदेशका कैलाली जिल्लामा ५४ र बैतडी जिल्लामा १५ भाषा मात्र प्रयोगमा छन् । सुदूरपश्चिम प्रदेशका कुनै पालिकामा दुईओटा र कुनै पालिकामा ३७ ओटासम्म मातृभाषा प्रयोगमा छन् । सुदूरपश्चिम प्रदेश भाषिक विविधताको सङ्गम भएकाले उक्त क्षेत्रमा रहेका भाषाको संरक्षण तथा संवर्धन आवश्यक देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Kathmandu Shiksha Campus