राधा उपन्यासमा नारी प्रतिनिधित्व

Authors

  • दीपकप्रसाद Deepak Prasad न्यौपाने Neupane महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिवि

DOI:

https://doi.org/10.3126/ss.v11i01.73630

Keywords:

प्रतिनिधित्व, पहिचान, प्रभुत्व, विनिर्माण, सांस्कृतिक अध्ययन

Abstract

कृष्ण धरावासीको राधा उपन्यासमा नारी चरित्रको प्रतिनिधित्व अध्ययनमा केन्द्रित प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेको छ । यसमा सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ भने उक्त सामग्रीको सूक्ष्म पठन तथा अर्थापन विधिका माध्यमबाट विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । यस लेखमा सांस्कृतिक अध्ययनका क्षेत्रमा प्रभाव पार्न सफल नारीवादी अध्ययनअन्तर्गतको प्रतिनिधित्वसम्बन्धी मान्यतालाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । नारीवादी अध्ययनमा पितृसत्तात्मक समाजको दमनमा परेका नारीहरूको वस्तुस्थितिको अध्ययन गरी नारी वर्गमा त्यसको केकस्तो प्रभाव परेको छ भन्ने कुरा हेरिन्छ । सीमान्तीकृत नारीहरूको अवस्थाको विश्लेषणलाई अहिले सांस्कृतिक अध्ययनले आफ्नो उर्वर क्षेत्र बनाएको छ । यस लेखमा राधा उपन्यासमा नारी पात्रहरूलाई केकसरी कुन रूपमा प्रतिनिधित्व गराइएको छ भन्ने कुरालाई नै विश्लेषण गरिएको छ । यस अध्ययनबाट कृष्ण धरावासीको राधा उपन्यासमा महाभारतका नारी चरित्रहरूको विनिर्माण गरी तिनीहरूलाई पितृसत्तात्मक समाजमा पुरुषका शोषण तथा दमनबाट प्रताडित भई जीवन निर्वाह गर्न बाध्य चरित्रका रूपमा प्रतिनिधित्व गराइएको निष्कर्ष प्राप्त भएको छ । पुरुषप्रधान समाजमा नारीले भोग्नुपरेका पीडा र नारीविद्रोहलाई प्रस्तुत गर्ने उद्देश्य राखेर यस कृतिको निर्माण गरिएको हुनाले यहाँ नारीले भोग्नुपरेका पीडा र दासतालाई मुख्य रूपमा देखाउन खोजिएको सारवस्तु अभिव्यक्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
7

Downloads

Published

2025-01-07

How to Cite

न्यौपाने Neupane द. D. P. (2025). राधा उपन्यासमा नारी प्रतिनिधित्व. Saraswati Sadan सरस्वती सदन, 11(01), 59–68. https://doi.org/10.3126/ss.v11i01.73630

Issue

Section

Articles