साथ उपन्यासका पात्रहरूमा विसङ्गति र अस्तित्व

Authors

  • सुभाषचन्द्र Subhash chandra न्यौपाने Neupane

DOI:

https://doi.org/10.3126/ss.v10i1-2.68629

Keywords:

किनारीकृत, निराशा, सीमान्तीय, व्यर्थता, निराशा

Abstract

प्रस्तुत लेख उपन्यासकार सरण राईद्वारा लिखित साथ उपन्यासका पात्रहरूमा विसङ्गति र अस्तित्वको  विश्लेषणमा केन्द्रित रहेको छ । साथ उपन्यास समाजका सीमान्तकृत वर्गलाई आधार मानी लेखिएको विसङ्गतिपूर्ण अस्तित्ववादी उपन्यास हो । नेपाली समाजमा सीमान्तकृत गरिएको वर्ग, समुदाय र पात्रहरूमा केकस्तो विसङ्गतिवादी चिन्तन र अस्तित्ववादी चेतना विकसित भएको छ भन्ने कुराको विश्लेषणमा यो लेख केन्द्रित रहेको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार सरण राईको साथ उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा विसङ्गतिवादी र अस्तित्ववादी चिन्तनका बारेमा प्रकाश पारिएका सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार विसङ्गतिवाद र अस्तित्ववादको स्थापित सिद्धान्तका आधारमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ । नेपाली समाजमा राज्यबाट किनारा लगाइएका, पछाडि पारिएका मान्छेहरूले जीवन भोगाइका क्रममा गरेका विसङ्गत अनुभव र उनीहरूले बाँच्नका लागि गरेको सङ्घर्षका आधारमा प्रस्तुत उपन्यास विसङ्गतिवादी अस्तित्ववादी चिन्तनमा आधारित उपन्यास हो भन्ने निष्कर्ष प्रस्तुत लेखको विश्लेषणबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
46

Author Biography

सुभाषचन्द्र Subhash chandra न्यौपाने Neupane

नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस (धरान), त्रिवि, नेपाल

Downloads

Published

2024-08-09

How to Cite

न्यौपाने Neupane स. S. chandra. (2024). साथ उपन्यासका पात्रहरूमा विसङ्गति र अस्तित्व. Saraswati Sadan सरस्वती सदन, 10(1-2), 107–116. https://doi.org/10.3126/ss.v10i1-2.68629

Issue

Section

Articles