आफर कवितासङ्ग्रहमा दलित चेतना

Authors

  • चन्द्रमान Chandraman श्रेष्ठ Shrestha

DOI:

https://doi.org/10.3126/ss.v10i1-2.68617

Keywords:

अछुत,, दलित,, ब्राह्मणवादी चिन्तन,, वर्णव्यवस्था,, सांस्कृतिक उत्पीडन

Abstract

प्रस्तुत शोधलेखमा उन्मुक्त पुस्ताद्वारा लेखिएको ‘आफर’ कवितासङ्ग्रहको दलित चेतनाका आधारमा अध्ययन गरिएको छ । सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिले उत्पीडनमा पारिएका जातिहरूको समुदाय नै दलित हुन् । मनुवादी हिन्दू वर्णव्यवस्थामा आधारित नेपाली समाजमा दलित समुदायले लामो समयदेखि शोषण र उत्पीडन भोग्दै आएका छन् । दलित मुक्तिका लागि सर्वप्रथम भारतका भीमराव अम्बेडकरले सङ्गठित रूपमा आवाज उठाउने काम गरे । तिनै दलितका समस्यालाई प्रस्तुत गर्दै दलितमुक्तिको आह्वान गरिएको साहित्य नै दलित साहित्य हो । हिन्दू वर्णव्यवस्थाको विरोध, सामाजिक तथा सांस्कृतिक उत्पीडनको विरोध, स्वतन्त्रता, समानता र बन्धुत्वको भावना, श्रम शोषणको विरोध, दलित नायकत्वको स्थापना आदि दलित साहित्यका आधारभूत मान्यता हुन् । यस लेखमा दलित साहित्यसम्बन्धी यिनै मुख्य मान्यताहरूलाई आधार बनाएर ‘आफर’ कवितासङ्ग्रहको अध्ययन गर्ने काम गरिएको छ । अध्ययनका क्रममा ‘आफर’ भित्रका कविताहरूले दलितको समस्यालाई सघन रूपमा उठाउँदै उनीहरूको सामाजिक मूल्य स्थापित हुनुपर्दछ भन्ने मुक्तिको आवाजलाई प्रखर रूपमा प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
pdf
32

Author Biography

चन्द्रमान Chandraman श्रेष्ठ Shrestha

नेपाली विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, त्रिवि, नेपाल

Downloads

Published

2024-08-09

How to Cite

श्रेष्ठ Shrestha च. . C. (2024). आफर कवितासङ्ग्रहमा दलित चेतना. Saraswati Sadan सरस्वती सदन, 10(1-2), 51–64. https://doi.org/10.3126/ss.v10i1-2.68617

Issue

Section

Articles