पर्खालभित्रको राजधानीका दुई नियात्राको विधातात्त्विक विश्लेषण

Authors

  • केशवप्रसाद Keshab prasad न्यौपाने Nyaupane

DOI:

https://doi.org/10.3126/ss.v10i1-2.68612

Keywords:

अनुभूति, अनुरञ्जन, आह्लाद, आलङ्कारिक

Abstract

प्रस्तुत लेख पर्खालभित्रको राजधानी नियात्रा सङ्ग्रहमा सङ्गृहीत आशाको लहरामा एक मुठी श्वास र रहस्यका पहाडहरूमा शीर्षकका प्रारम्भिक दुई नियात्राको विधातात्त्विक विश्लेषणसँग सम्बद्ध छ । यी नियात्रामा विधातत्त्वको संश्लेषण तथा समन्वयको स्थिति के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको तथ्यपरक समाधानमा यो अध्ययन केन्द्रित छ । यसका निम्ति नियात्रा सिद्धान्तलाई आधार बनाइएको छ । यसै सिद्धान्तका आधारमा सङ्कलित तथ्यको अध्ययन वर्णनात्मक तथा विश्लेषणात्मक ढाँचामा गरिएको छ । उद्देश्य, सहभागी, गतिशीलता, परिवेश, भाषाशैली आदि नियात्राका संरचक तत्त्व हुन् । यी तत्त्वहरूको कलात्मक विन्यासका कौशलमा नियात्राको सौन्दर्य निर्भर गर्छ । प्रस्तुत नियात्रामा विधातत्त्वहरूको संश्लेषणमा विशिष्ट कौशल प्रतिफलित भएको छ । तसर्थ यी नियात्राहरू विधातात्त्विक दृष्टिले उत्कृष्ट छन् भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
77
PDF
51

Author Biography

केशवप्रसाद Keshab prasad न्यौपाने Nyaupane

नेपाली विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, त्रिवि, नेपाल

Downloads

Published

2024-08-09

How to Cite

न्यौपाने Nyaupane क. K. prasad. (2024). पर्खालभित्रको राजधानीका दुई नियात्राको विधातात्त्विक विश्लेषण. Saraswati Sadan सरस्वती सदन, 10(1-2), 19–26. https://doi.org/10.3126/ss.v10i1-2.68612

Issue

Section

Articles