इन्द्र बहादुर राईका कथामा परम्परावादी र प्रयोगवादी प्रवृत्ति
DOI:
https://doi.org/10.3126/ss.v10i1-2.68606Keywords:
अभिव्यन्जना, अमूर्तता, अर्थसापेक्ष, नियतिनिर्दिष्ट, लीलालेखनAbstract
इन्द्रबहादुर राई नेपाली भाषा, संस्कृति, जाति र साहित्यप्रति असीम आस्था र विश्वास राख्ने बहुमुखी स्रष्टा हुन् । यिनको साहित्यसिर्जनले विशेष गरी नेपाली समालोचना र आख्यानका क्षेत्रमा नवीनता, प्रयोगशीलता र बौद्धिकताको प्रवेश र विस्तार भएको छ । प्रयोगवादी उपन्यासकार राई परम्परावादी र प्रयोगवादी कथाकार पनि हुन् । परम्परावादी कथाकारको रूपमा राईले प्रवासी नेपाली जीवनलाई यथार्थवादी र मनोवैज्ञानिक ढङ्गमा आफ्ना कथामा अभिव्यञ्जित गरेका छन् भने प्रयोगवादी कथाकारका रूपमा सिद्धान्ततः यिनी आयामिक र लीलालेखनका कथाकार हुन् । पश्चिमी चिन्तन र आख्यानलेखनलाई नेपाली कथापरम्परामा समाहित गर्न सक्षम राईले कथाको सिद्धान्त र प्रयोगलाई जीवनजस्तै प्रयोगशील र गतिशील बनाएका छन् । यस आलेखमा राईका कथामा पाइने परम्परावादी र प्रयोगवादी कथाप्रवृत्तिहरूको विश्लेषण गरिएको छ । यस किसिमको तुलनात्मक विश्लेषणबाट परम्परावादी र प्रयोगवादी दुवै किसिमका प्रवृत्तिलाई कथामा सशक्त रूपमा प्रस्तुत गर्न सक्नु कथाकार राईको उल्लेख्य वैशिष्ट्य हो भन्ने निचोड प्राप्त भएको छ ।