प्रयोगवादी नाट्यकलाका दृष्टिले भोको घर एकाङ्की {From the point of view of experimental drama Hungry Home Alone}
DOI:
https://doi.org/10.3126/ss.v5i1-2.62560Keywords:
प्रतीकवाद, अतियथार्थवाद, अभाँ–गार्ड, अभिव्यञ्जनावाद, प्रकृतवादAbstract
प्रस्तुत लेख गोविन्दबहादुर मल्ल ‘गोठाले’ को ‘भोको घर’ एकाङ्कीको अध्ययनमा केन्द्रित छ ।यसको सैद्धान्तिक आधार प्रयोगवादी मान्यता हो। प्रयोगवादी दृष्टिमा संरचनागतशिल्पको अध्ययन गरिएकाले यसमा नाट्यसिद्धान्तलाई पनि विश्लेषणको आधार बनाइएको छ । प्रयोगवाद कलासाहित्यका क्षेत्रमा यथार्थवाद एवं प्रकृतवादका विरोधमा जन्मेको मान्यता वा आन्दोलन हो।प्रयोगवाद र अभाँ–गार्ड समानार्थीका रूपमा प्रयुक्त भएको पाइन्छ । यो मूलतः अभिव्यञ्जनावाद, प्रतीकवाद एवं अतियथार्थवादबाट प्रभावित छ । उन्नाइसौँ शताब्दीको उत्तरार्धतिरबाट थालिएर बिसौँ शताब्दीको पूर्वार्धमा फस्टाएको प्रयोगवादी नाट्यकलाले परम्परागत नाट्यमान्यतालाई अस्वीकार गर्छ र नवनव शिल्पको खोजी गर्दछ । शिल्पमा मात्र नभएर चिन्तनगत रूपमा पनि प्रयोगवादी नाटकमा नौलो प्रवृत्ति देखापर्दछ । नेपाली नाट्यपरम्परामा “भोको घर” बाट प्रयोगवादी प्रवृत्ति देखापर्दछ । यसमा अपरम्परित संरचनाशिल्प, अयथार्थको प्रस्तुति, प्रतीकात्मकता एवं व्यङ्ग्य पाइन्छ । तिनको अध्ययन गुणात्मक पद्धतिमा आधारित भएर गरिएको छ । सामग्रीको विश्लेषणमा व्याख्यात्मक एवं विवेचनात्मक विधिको अवलम्बन गरिएको छ । प्रयोगवादी नाट्यकलाका दृष्टिले “भोको घर” सफल एकाङ्की हो भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।