राइटर अङ्कलको आर्थिक दुर्नियति र रश्मिको मनोविज्ञान

Authors

  • सुभाषचन्द्र Subhashchandra न्यौपाने Neupane त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, धरान

DOI:

https://doi.org/10.3126/ss.v2i2.69314

Keywords:

अबोधपन, क्रूरता, दुर्नियति, मनोविज्ञान

Abstract

प्रस्तुत लेख नाटककार गोपाल देवानको राइटर अङ्कल एकाङ्कीमा प्रस्तुत आर्थिक दुर्नियति र मनोविज्ञानको विश्लेषणमा केन्द्रित छ । २०७६ सालमा प्रकाशित प्रस्तुत एकाङ्की २०५० सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नाटक महोत्सवमा प्रदर्शन गरिएको थियो । आरम्भ नाट्यसमूहरूद्वारा प्रदर्शित यस नाटकलाई दर्शक समूहद्वारा अत्यधिक मन पराइएको थियो । २०४६ सालको राजनैतिक आन्दोलनको पृष्ठभूमिमा लेखिएको यस एकाङ्कीमा नेपालमा लेखकहरूले केकस्तो आर्थिक दुर्नियति भोग्नुपर्छ भन्ने कुराको विश्लेषणका साथै बालमनोविज्ञानलाई केकसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा नाटककार गोपाल देवानको सन्तापको धून नाटक सङ्ग्रहभित्र समाविष्ट राइटर अङ्कल एकाङ्कीलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा यस एकाङ्की नाटकमाथि प्रकाश पारी लेखिएका लेखहरू तथा नियतिवाद र मनोवैज्ञानिक चिन्तनका बारेमा प्रकाश पारी लेखिएका सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार नियतिवाद र मनोविज्ञानका स्थापित सिद्धान्तका आधारमा व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ । समाज परिवर्तनका संवाहक साहित्यकारहरूले समाजका अगाडि केकसरी निरीह भएर जीवन यापन गर्नुपर्छ र उनीहरूले आर्थिक अभावकै कारण केकस्तो अपमानपूर्ण व्यवहार सहेर अभिशप्त जीवन बाँच्न बाध्य हुनुपर्छ भन्ने कुरा प्रस्तुत गर्नुका साथै एउटी बालिकाको मनोविज्ञान सामाजिक व्यवहारले कसरी विचलित बनेको हुन्छ भन्ने कुराको विश्लेषणका माध्यमबाट यो एकाङ्की नियतिवाद र मनोविज्ञानमा आधारित समाजको ज्वलन्त कारुणिक चित्र हो भन्ने निष्कर्ष यस लेखको विश्लेषणबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
35

Author Biography

सुभाषचन्द्र Subhashchandra न्यौपाने Neupane, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, धरान

उपप्राध्यापक : नेपाली

Downloads

Published

2024-09-02

How to Cite

न्यौपाने Neupane स. S. (2024). राइटर अङ्कलको आर्थिक दुर्नियति र रश्मिको मनोविज्ञान. शोधसुधा Shodh Sudha, 2(2), 108–121. https://doi.org/10.3126/ss.v2i2.69314

Issue

Section

Articles