रत्नावली नाटिकामा छन्दविधान
DOI:
https://doi.org/10.3126/ss.v1i1.59826Keywords:
समपादात्मक, द्विपदी, नाटिका, विषमपादात्मक, शिष्टपरम्पराAbstract
संस्कृत नाटककार हर्षवर्धनरचित रत्नावली नाटिकामा जम्मा पन्ध्रवटा छन्दको प्रयोग भएको छ । तीमध्ये अनुष्टुप् आठ अक्षरात्मक छन्द हो भने उपजाति (उपेन्द्रवज्रांइन्द्रवज्रा), शालिनी, प्रहर्षिणी, वसन्ततिलक, मालिनी, शिखरिणी, पृथ्वी, हरिणी, शार्दूलविक्रीडित र स्रग्धरा गरी जम्मा दशवटा छन्द चाहिँ समपादात्मक वार्णिक छन्दअन्तर्गत पर्दछन्। यसै गरी पुष्पिताग्रा विषमपादात्मक वार्णिक छन्द हो । आर्या छन्द संस्कृत परम्परामा प्रसिद्ध मात्रिक छन्द हो । गाथा र द्विपदी गीति छन्द प्राकृत काव्यपरम्परामा लोकप्रिय बनेका छन्द हुन्। छन्दवैविध्य यस नाटिकाको विशेषता बनेको छ । विषय र भावका कोणबाट पनि यस नाटिकामा प्रयुक्त छन्दहरूले शास्त्रीय निर्देशनलाई सामान्यतया अनुपालन गरेकै देखिन्छ । संस्कृत नाट्यसाहित्यमा यति र यसरी यस्ता शास्त्रीय छन्दको प्रयोग हुनुपर्छ भनेर शास्त्रीय विधान नदेखिए पनि छन्दप्रयोग शिष्टपरम्परासिद्ध रहेको छ । तदनुसार यस नाटिकामा प्रयुक्त छन्दहरू काव्यसौन्दर्यका सिर्जनामा अनुकूल र सहायक रहेका छन् ।