लू उपन्यासमा प्रतिरोधको अवस्था
DOI:
https://doi.org/10.3126/spectrum.v3i1.77375Keywords:
दमन, अधीनस्थता, शक्तिसम्बन्ध, प्रभुत्व , प्रतिकारAbstract
प्रस्तुत लेख लू (२०७२) उपन्यासमा प्रतिरोधको अवस्था विषयवस्तुमा केन्द्रित रहेको छ । प्रतिरोध सांस्कृतिक अध्ययनअन्तर्गत पर्ने अध्ययनीय विषयवस्तु हो जसको सम्बन्ध शक्तिविमर्शसँग रहेको हुन्छ । सामाजिक संरचनामा विभिन्न संस्थानमा शक्ति छरिएको हुन्छ । लू उपन्यासमा सीमावर्ती नेपालीहरू सीमावर्ती भारतीय नागरिक, प्रहरी, नेता तथा गुन्डाहरूबाट पीडित प्रताडित रहेका विषयवस्तुको वस्तुपरक चित्रण गरिएको छ । यस उपन्यासमा भारत पक्षधर नागरिक, सीमासुरक्षा बल, नेता तथा गुन्डाहरूले नेपाल र नेपालीलाई कमजोर ठानेर हेप्ने, हत्या गर्ने, सीमास्तम्भ सारेर जग्गा अतिक्रमण गर्ने वास्तविकतालाई उजागर गरिएको छ । पूर्वाध्ययनबाट अन्तराल पत्ता लगाई प्रस्तुत शीर्षकमा हालसम्म प्राज्ञिक अध्ययन नभएकोले प्रस्तुत अध्ययन गरिएको हो । लू उपन्यासमा कमजोर पात्रका प्रतिरोधको अवस्थाको अध्ययन गर्नु नै यस लेखको उद्देश्य रहेको छ । प्रस्तुत अनुसन्धानको लागि पुस्तकालयीय कार्यबाट सामग्रीसङ्कलन गरिएको छ । यस लेखमा लू उपन्यासलाई प्राथमिक सामग्रीको रूपमा प्रयोग गरिएको छ । त्यसैगरी लू उपन्यासबारे यसभन्दा पहिले लेखिएका, प्रकाशित एवम् अप्रकाशित समीक्षा, समालोचना, अनुसन्धान, गोष्ठीपत्र आदि तथा प्रतिरोधको सैद्धान्तिक सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । अनुसन्धानलाई वस्तुपरक र व्यवस्थित किसिमले अर्थापन गर्नका लागि पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । विवेच्य उपन्यासमा भारतीय पक्षका दमनकारी व्यवहार र ज्यादती एवम् मनपरीतन्त्र देखाइएको छ भने नेपाल पक्षधर प्रहरी कर्मचारीको भारतीय सुरक्षाबलको दलालीपन तथा नागरिकले भारतीय ज्यादतीका विरुद्धमा सशक्त विरोध गरेको प्रतिरोधी स्वर मुखरित भएके छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for non-commercial purposes only, and only so long as attribution is given to the creator.