भाषामा लिपिको विकास र प्रयोग

Authors

  • Omprakash Acharya त्रिभुवन विश्वविद्यालय जुम्ला बहुमुखी क्याम्पस, जुम्ला https://orcid.org/0009-0000-4362-5156

DOI:

https://doi.org/10.3126/spandan.v13i2.76070

Keywords:

मिस्रेली, लेखन व्यवस्था, खरोष्ठी लिपि, ब्राहमी लिपि, देवनागरी लिपि

Abstract

भाषा विचार विनिमयको साधन , संचारको माध्यम र अभिव्यक्तिको आधार हो । भाषा हरेक प्राणीको हुन्छ । मानव भाषा मानवको विकाससँगै विकसित भएको हो । अभिव्यक्तिको पहिलो आधार कथ्य माध्यम हो । मानव भाषामा कथ्य माध्यमको पर्याप्त विकास भए पश्चात लेख्य माध्यमको थालनी भएको हो । भाषाको लेख्य रुप लिपिमा निहित हुन्छ । भाषामा लिपि भन्नाले के बुझिन्छ ? भाषामा लिपिको विकास कसरी हुँदै आएको छ ? जस्ता प्रश्न एवम् समस्यामा केन्द्रित भएर भाषामा लिपिको स्थान उल्लेख गर्नु , भाषामा लिपिको विकास अवस्थाको व्याख्या गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । भाषाको लेख्य माध्यम चिन्हक लिपिको विकास र प्रयोगमा सीमित यस अनुसन्धानात्मक लेखको अध्ययन विधि पुस्तकालयीय हो । लिपिका सन्दर्भ लेख्य चिन्हको प्रारम्भ चित्रहरुबाट भएको र चित्रमय संकेताक्षरका माध्यमबाट लिपिको विकास भएको पाइन्छ । मिस्रेली लेखन व्यवस्था , खरोष्ठी लिपि , ब्राहमी लिपि , देवनागरी लिपि भाषामा देखिएका लिपि हुन् । वर्तमान अवस्थामा देवनागरी लिपि नेपाली , हिन्दी लगायत नेपाल भारतका धेरै भाषामा प्रयोग हुने गर्दछ । देवनागरी लिपि एकहजार वर्षदेखि प्रयोग प्रचलनमा रहेको छ । यो लिपि वर्णनात्मक वायाँबाट दायाँतिर अक्षरमा डिको दिएर लेखिने स्वरवर्ण र व्यञ्जनवर्णको व्यवस्था भएको छ । प्रस्तुत लेखका माध्यमबाट भाषामा प्रयोग हुने लिपिको विकास र प्रयोग अवस्थाका सम्बन्धमा यथेष्ट जानकारी प्राप्त हुनेछ । यस लेखले अध्ययन , अनुसन्धान गर्ने अध्ययनकर्मी , अनुसन्धाता लाभान्वित हुने विश्वास रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF
2

Downloads

Published

2023-12-31

How to Cite

Acharya, O. (2023). भाषामा लिपिको विकास र प्रयोग. Spandan, 13(2), 12–18. https://doi.org/10.3126/spandan.v13i2.76070

Issue

Section

Articles