बज्जिका भाषी विद्यार्थीहरूको नेपाली वाक्य गठन

Authors

  • Ravindra Kumar yadav

DOI:

https://doi.org/10.3126/spandan.v13i2.76068

Keywords:

अनुुसन्धान, गणराज्य, जनगणना, बज्जि, बज्जिका भाषा

Abstract

प्रस्तुत लेखमा बज्जिका भाषी विद्यार्थीको नेपाली भाषाका वाक्य गठनका बारेमा अध्ययन गरिएको छ । यो अनुसन्धान लेख गुणात्मक अनुसन्धानको स्थलगत एवम् पुस्तकालीय अध्ययनमा आधारित छ । यसमा तथ्य सङ्कलन गर्न प्राथमिक र द्वितीयक दुबै स्रोतको उपयोग गरिएको छ । प्राथमिक स्रोतका रूपमा यस क्षेत्रमा अध्ययन गर्ने बज्जिका भाषी विद्यार्थीहरू तथा द्वितीयक स्रोतका रूपमा बज्जिका र नेपाली भाषाका विभिन्न पुस्तकहरू, व्याकरणहरू, लेख, रचनाहरूको प्रयोग गरिएको थियो । सङ्कलन गरिएका तथ्यहरूलाई व्याकरणिक सिद्घान्तहरू लिङ्ग, वचन, आदर र पुरुषका सन्दर्भमा व्याकरणिक नियमहरूका आधारमा वर्णनात्मक विधि अनुसार व्याख्य विश्लेषण गरिएको छ । अध्ययनबाट नेपाली भाषाका लिङ्गत, वचन, आदर र पुरुषका आधारमा वाक्य गठन गर्दा बज्जिका मातृभाषी विद्यार्थीहरूले स्त्रीलिङ्ग, बहुवचन र उच्च आदरका वाक्यहरूमा क्रियापदको प्रयोगमा त्रुटि गरेको पाइयो भने पुलिङ्ग, एक वचन र सामान्य आदरका वाक्यहरूमा अत्यन्त कम त्रुटि पाइयो । त्यस्तै पुरुषका आधारमा वाक्य गठन प्रक्रियालाई हेर्दा प्रथम र द्वितीय पुरुषका वाक्यहरूमा क्रियापदको प्रयोगमा त्रुटि गरेको पाइयो भने तृतीय पुरुषमा अत्यन्तै कम त्रुटि गरेको पाइयो । यसको मुख्य कारण बालबालिकामा कर्ता अनुसारको क्रियापदको प्रयोगमा अन्योलता देखिनुका साथै मातृभाषा बज्किाको प्रभावले गर्दा समेत यस्ता त्रुटिहरू गरेको पाइयो ।

Downloads

Download data is not yet available.
Abstract
8
PDF
2

Downloads

Published

2023-12-31

How to Cite

yadav, R. K. (2023). बज्जिका भाषी विद्यार्थीहरूको नेपाली वाक्य गठन. Spandan, 13(2), 1–11. https://doi.org/10.3126/spandan.v13i2.76068

Issue

Section

Articles