नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपाय
DOI:
https://doi.org/10.3126/spandan.v13i1.75511Keywords:
भाषा शिक्षण, मातृभाषा, दोस्रो भाषा, भाषिक सिप शिक्षणका समस्याAbstract
भाषा मानवीय एवम् सामाजिक वस्तु हो । भाषाका माध्यमबाट परस्परमा विचार वा भावनाहरूको साटासाट गरिन्छ । यसलाई सामाजिक सञ्चारको प्रणालीका रूपमा समेत चर्चा गरिएको पाइन्छ । भाषा शिक्षण सम्बन्धित भाषाको सिप विकाससम्बद्ध कार्य हो । भाषा शिक्षणले कुनै पनि व्यक्तिलाई सम्बन्धित भाषामा कुशल एवम् प्रखर बनाउँदछ । भाषा शिक्षणका क्रममा विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्दछन् । त्यस्ता समस्याहरू विद्याथी, शिक्षक, समाज आदिसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका हुन्छन् । जसबाट अपेक्षित सिकाइ शिक्षणमा नकरात्मक प्रभाव पर्दछ । भाषा शिक्षणलाई उद्देश्यमूलक, व्यावहारिक तथा प्रभावकारी बनाउनका लागि सबैखाले समस्याको समाधान आवश्यक हुन्छ । यसका लागि शिक्षक, विद्यार्थी, समाजका साथै सम्बन्घित सबै पक्ष सचेत एवम् क्रियाशील बन्नु पर्दछ । प्रस्तुत लेखमा भाषा शिक्षणका क्षेत्रमा देखापरेका समस्या र तिनको समाधानका उपायको बारेमा चर्चा गरिएको छ । यस लेखले भाषाशिक्षणलाई विषयका रूपमा अध्यापन गराइरहेका शिक्षक, अध्ययनरत विद्यार्थी तथा यस क्षेत्रमा रुचि राख्ने जोकोहीका लागि आवश्यकीय ज्ञान ग्रहण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।