नेपाली शिक्षणमा बहुभाषिक सहिष्णुता र बहुसास्कृतिक सद्भाव
DOI:
https://doi.org/10.3126/spandan.v13i1.75510Keywords:
कक्षाकोठा, बहुभाषिक अवस्था, विविधता, भाषा शिक्षण, सद्भाव र सहिष्णुताAbstract
प्रस्तुत अध्ययन नेपाली शिक्षणमा बहुभाषिक सहिष्णुता र बहुसास्कृतिक सद्भावको बारेमा गरिएको सैद्धान्तिक अध्ययन हो । यस अनुसन्धानमूलक कार्यमा नेपालका विद्यालयहरूका आधारभूत तहहरूमा बहुभाषिक शिक्षण अपनाउँदा गरिने भाषिक सहिष्णुता र सास्कृतिक सद्भावको अवस्थाको बारेमा खोजी गर्नु यसकार्यको उद्देश्य रहेको छ । यस कार्यसम्पन्न गर्नको लागि द्धितियक स्रोतका सामग्री सङ्कलन गरिएको छ । प्रस्तुत कार्यका लागि तथ्य सङ्कलन गर्दा आवश्यकता अनुसार पुस्तकालय पद्धति, सम्बन्धित विषयका कक्षा प्रस्तुति, विभिन्न समयमा बनेका संविधान, शिक्षा विकास सम्बन्धी आयोगहरू, शिक्षा ऐन लगाएतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस कार्यसँग सम्बन्धित बहुभाषिक सन्र्दभमा भन्नुपर्दा, नेपाल बहुभाषिक,बहुजाति,बहुसास्कृतिक तथा भौगोलिक विविधताले भरिएको देश हो । विविधता विचको एकता,सामाजिक सास्कृतिक ऐक्यबद्धता,सहिष्णुतालाई सम्मान गर्दे, वर्गीय,जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गरी सबैप्रकारका जातिभाषिक उचनिचो व्यवहारको अन्त्य गर्नुका साथै सामाजिक, आर्थिक समानता, सामाजिक न्याय सुुनिश्चित गर्न समानतामूलक समाजको निर्माण गर्नु बहुभाषिक सहिष्णुता हो । समाजमा बसोवास गर्ने मानिसहरूको विविधतालाई बुझेर फरक जात, धर्म र भाषा,सस्कृतिका मानिसहरूसँग मिलेर बस्नुलाई बहुसास्कृतिक सद्भाव भनिन्छ । बिद्यालयपनि समाजको एक अङ्ग भएको र त्यही समाजबाट शिक्षा आर्जन गर्न आउने विद्यार्थीहरूलाई कक्षाशिक्षण गर्दा कुनैपनि प्रकारको हिनताबोध नहुनु,जातिभाषिकताका आधारमा भेदभाव नगरिनु, र सबैको धमर्, सस्कृति, रीतिरिवाज, चालचलन,भेषभूषा उनीहरूले प्रयोग व्यवहारमा ल्याउने मातृभाषाको उचित सम्मान गर्नुपर्दछ अनिमात्र सद्भाव र सहिष्णुताको सम्मान हुन्छ भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।