गोठालेका कथामा सामूहिक अचेतन

Authors

  • Rajani Dhakal Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v6i1.72177

Keywords:

आद्यविम्ब, आनुवंशिक, धार्मिक विश्वास, पाशविक, सामूहिक अचेतन

Abstract

प्रस्तुत लेखमा गोठालेका कथामा सामूहिक अचेतनको प्रयोग कसरी भएको छ र त्यसले गोठालेका कथामा कस्तो प्रभाव पारेको छ भन्ने मूल जिज्ञासाको समाधान खोजिएको छ । गोविन्दबहादुर मल्ल गोठाले मनोविश्लेषणात्मक कथा लेख्ने स्रष्टा हुन् र उनका कथालाई मनोविश्लेषणका अन्य सन्दर्भसँगै कार्ल युङको सामूहिक अचेतनका कोणबाट पनि अध्ययन गर्न सकिन्छ । मानिसको मनोजगत् अचेतनबाट निर्र्देिशत हुन्छ र अचेतनको निर्माण वंशाणुगत रूपमा हुन्छ अनि त्यसरी निर्मित अचेतनता सम्पूर्ण मानिसमा एकसमान रहन्छ भन्ने युङको मान्यतालाई आधार बनाई यस अध्ययनमा गोठालेका बाह्रओटा कथाका विभिन्न चरित्रको अध्ययन गरिएको छ । यहाँ सम्बद्ध कथाको सूक्ष्म पठन गर्दै पात्र र तिनका मनोदशाको विश्लेषणबाट पात्रमा देखिएको असामान्य चरित्रको अध्ययन गरिएको छ र अन्त्यमा कथाका चरित्रमा देखिएका असामान्यताको मुख्य कारण सामूहिक अचेतन हो र गोविन्द गोठालेका कथामा सामूहिक अचेतनको प्रयोगले चरित्रगत विशिष्टता मार्फत कथाहरू जीवन्त बन्न पुगेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
39
PDF
17

Downloads

Published

2024-12-06

How to Cite

Dhakal, R. (2024). गोठालेका कथामा सामूहिक अचेतन. Sotang, Yearly Peer Reviewed Journal, 6(1), 26–35. https://doi.org/10.3126/sotang.v6i1.72177

Issue

Section

Articles