पूर्वीय दार्शनिक धरातलमा जैन दर्शन
DOI:
https://doi.org/10.3126/sotang.v6i1.72176Keywords:
तीर्थङ्कर, अनीश्वरवाद, सांसारिक, मोक्ष, अनेकान्त, स्यादवादAbstract
जैन दर्शन प्राचीन दर्शनमध्ये एक हो । यो मानवीय मूल्यमा आधारित दर्शन हो । यस दर्शनले व्यक्तिको जन्म र मृत्युको क्रमबाट मुक्त हुनुपर्ने धारणा राखेको पाइन्छ । सांसारिक विषयबाट व्यक्ति बन्धनमा रहने भएकाले यसबाट मुक्त हुनुपर्ने धारणा यसमा भेटिन्छ । सांसारिक विषयलाई जित्न सक्ने व्यक्ति जिन वा तीर्थङ्करलाई यस दर्शनमा भगवानको स्थान दिएको देखिन्छ । वेदमा उल्लिखत विषय अत्यन्त कर्मकाण्डी मात्र भएको र तीर्थङ्करले दिएको उपदेश नियमसम्मत मान्ने परम्परा यस दर्शनमा पाइन्छ । जैन दर्शनका चौबिस तीर्थङ्करमध्ये पहिलो तीर्थङ्कर ऋषभदेव र अन्तिम तीर्थङ्कर महावीर स्वामीलाई मानेको भेटिन्छ । यस अध्ययनका लागि पुस्तकालयीय कार्य र इन्टरनेटको सहायताबाट सामग्री सङ्कलन गरिएको छ । ती सामग्रीको विश्लेषणका लागि तीर्थङ्करहरूको चर्चाका क्रममा ऐतिहासिक र दार्शनिक पक्षको चर्चाको क्रममा विश्लेषणात्मक विधिको सहायता लिइएको छ । यस दर्शनले जन्म र मृत्युको क्रमबाट मुक्त हुन सम्यक दर्शन, सम्यक ज्ञान र सम्यक चरित्रजस्ता त्रिरत्नको पालना गर्नुपर्ने धारणाको विश्लेषण यस अध्ययनमा गरिएको छ । यहाँ जैन दर्शनका मूल सिद्धान्तहरू अनीश्वरवाद, अनेकान्तवाद, द्रव्य सिद्धान्त, कर्म सिद्धान्त, मोक्ष अवधारणाका साथै जैन जीवन शैलीका बारेमा पनि व्याख्या गरिएको छ । प्रस्तुत जैन दर्शनसम्बन्धी अध्ययनले प्रकाशमा ल्याएका सामग्रीहरूले यस दर्शनको अध्ययन गर्न चाहाने अध्येताहरूलाई विशेष लाभ पु¥याउने देखिन्छ ।